तमु समाज दोधारा चाँदनीले दियो रुखबाट खसेर घाईते युवकलाई उपचार रकम


दोधारा : तमु समाज दोधारा चाँदनीले रुखबाट खसेर घाईतै भएका शेर बहादुर गुरुङ्गलाई उपचार खर्च उपलब्ध गराएको छ् । दोधारा चाँदनी नगरपालिकामा गुरुङ्ग समाजको संगठन तमु समाजले केही दिन अघि रुखबाट खसेर शक्त घाईते भएका दोधारा चाँदनी नगरपालिका– ६ निवासी वर्ष ३८ का शेर बहादुर गुरुङ्गको उपचारको लागी रु. ५ हजार नगद रकम हस्तान्तरण गरेको तमु समाज दोधारा चाँदनीका नगर संयोजक तमान सिंह गुरुङ्गले जानकारी दिएका छन् । आज एक कार्यक्रम बिच घाईते गुरुङ्गलाई उपचार रकम हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा तमु समाज दोधारा चाँदनीका नगर संयोजक तमान सिंह गुरुङ्ग, सचिव बिक्रम गुरुङ्ग, सह–सचिव पुजा गुरुङ्ग, उपाध्यक्ष नन्दा गुरुङ्ग, दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्री लगाएत स्थानिय, पिडित परिवारजनको उपस्थिती रहेको थियो । तमु समाजका बयोबृद्ध भद्र बहादुर गुरुङ्गको हातबाट पिडित शेर बहादुर गुरुङ्गलाई उपचार रकम हस्तान्तरण गरिएको छ् । घर नजिक रहेको कटहर टिप्न रुख चढ्दा खसेर घाईते भएको गुरुङ्गका परिवारजनले बताएका छन् । तमु समाजले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका गुरुङ्गहरुलाई संगठित गर्दै उनिहरुको हकहितमा काम गर्दै आएको छ् ।

यस अघि घाईते गुरुङ्गको उपचारको लागी दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष केशव खत्री, भक्त बहादुर सुनार तथा पुर्व वडाध्यक्ष दिल बहादुर सिजालीले नेतृत्व गरेको टोलीले उपचार रकम हस्तान्तरण गरिसकेको छ् । दाताहरुले पिडाको बेला आफुलाई सहयोग गरेको भन्दै घाईते गुरुङ्गले सबै दाताहरुलाई मन देखि धन्यबाद दिएका छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img