सुद्दढ परियोजनाको टोलीद्धारा कुतियाकवर कटान क्षेत्रको स्थलगत अनुगमन


दोधारा : नेपाल राष्ट्रिय समाज कल्याण संघका सुद्दढ परियोजनाको एक टोलीले दोधारा चाँदनी नगरपालिका– १० को कुतियाकवर बस्ती नजिक महाकाली नदीले खेतीयोग्य जग्गा कटान गर्दै गरेको स्थलगत अनुगमन गरेको छ् ।

झण्डै एक साता देखि कुतियावकर बस्ती नजिक महाकाली नदीले खेतीयोग्य जग्गा कटानी गरे संगै नेपाल राष्ट्रिय समाज कल्याण संघका सुद्दढ परियोजनाको परियोजना संयोजक राजकुमार सुनार, दातृ संस्था डिसीए नेपालका दिनेश गुरुङ्ग, दोधारा चाँदनी नगरपालिका कार्यालय बिपद् फोकल पर्सन रघुनाथ भट्ट, नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका उपसभाती कमला उपाध्याय लगाएत टोलीले नदीले कटान क्षेत्रको स्थालगत अनुगमन गरेको कुतियाकवर बिपद् ब्यवस्थापन समितिका संयोजक टेक बहादुर सुनारले जानकारी दिएका छन् ।

महाकाली नदी रजगबुडा नदीको तटिय क्षेत्रका बासिन्दाको जिउधनको रक्षा तथा जिविकोपार्जनको लागी नेपाल राष्ट्रिय समाज कल्याण संघका सुद्दढ परियोजनाले बिभिन्न खाले कार्यक्रम संचालन गर्दै आएको छ् । निमार्ण क्रममा रहेको कुतियावकर अस्थायी तटबन्धलाई समयमा पुरा गर्न सघाउने नेपाल राष्ट्रिय समाज कल्याण संघका सुद्दढ परियोजनाका परियोजना संयोजक राजकुमार सुनारले जानकारी दिएका छन् । टोलीले नदीले कटानी गर्दै गरेको क्षेत्र तथा अस्थायी निमार्ण गरिएको कार्यको अनुगमन गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघका सुद्दढ परियोजनाका परियोजना संयोजक राजकुमार सुनारले बताएका छन् । नदीबाट हुने क्षतीलाई रोक्न के गर्न सकिन्छ् भन्ने बिषयमा स्थानिय तथा बिपद् ब्यवस्थापन समितिका पदाधिकारीहरु संग जानकारी लिएका छन् ।

अस्थायी तटबन्ध निमार्णले केही हद सम्म कटानी रोक्ने अपेक्षा गरिएको छ् । महाकाली नदीमा पानीको बहाव तिब्र भएर खड्के सुनार, कर बहादुर सुनार, धन बहादुर सुनार, नैन सिंह सुनार, ऐन बहादुर सुनार, भिम बहादुर खत्री, लिला देबी खत्री, जितु खत्री, कले खत्री गरि झण्डै २ बिघाह खेती योग्य जग्गा कटानी गर्दै आएको छ् । बस्ती नजिक कटानी गर्न थाले संगै स्थानियबासीमा त्रासको बाताबरण छाएको स्थानियहरुले बताएका छ् ।


Loading Viewer...

ताजा समाचार

spot_img