किशोर तामाङ /कञ्चनपुर : कंचनपुरको पुनर्वास नगरपालिकाका डुबान र बाढी प्रभावित क्षेत्रको नेपाली सेना द्बारा स्थलगत भ्रमण गरी उक्त क्षेत्रको निरीक्षण गरिएको छ ।

मंगलबार पुनर्वास नगरपालिका-५ स्थित सिमरी र रातोतालका बस्तीहरुको सुदुरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापा सहितको टिमद्वारा निरिक्षण गरिएको हो ।

नेपाली सेनाको सामुहिक निरीक्षण का क्रममा बाढी प्रभावित क्षेत्रमा बाढी आएको बेला सुरक्षित स्थानमा स्थानान्तरण गराइ धनजनको क्षति हुन बाट जोगाई दिन स्थानियले आग्रह गरे ।

बाढी/पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको स्थलगत अनुगमनले आगामी दिनहरूमा भैपरि आउने सम्भावित जोखिमका बेला स्थानिय सरकार,स्थानिय बिपद ब्यवस्थापन समिति, रेडक्रस, नेपाल प्रहरी र शसस्त्र प्रहरीको सक्रियतामा बिपद न्युनिकरणमा टेवा पुग्ने नगर फोकल पर्सन ओमनाथ ढकालले जानकारी दिए।
यसैगरी पुनर्वासमा बाढीका बेला अत्यथिक जोखिममा रहेका पुनर्वास वडा नम्बर ५ सिमरी र रातो खालमा बिगत बर्षहरुमा नेपाली सेना र नेपाल शसस्त्र प्रहरी बलको सहयोगमा बाढीमा फसेका नागरिकहरूको उद्धार गरिएको घटना लाई स्मरण गर्दै आगामी दिनहरूमा पनि क्षतिलाई न्यूनीकरण गर्न स्थानिय तहबाटै सहकार्य गर्ने वडाध्यक्ष पदम रोकायाले बताए ।
नेपाली सेना ले आफु संग भएका सवै किसिमका विपद् उद्धारका सामग्रीहरु सहित खोज, उद्धार तथा राहत कार्यमा प्रभावकारी बनाउन बाढी र डुबानका जोखिम क्षेत्रको निरीक्षण गरिएको बताउँदै सुदुरपश्चिम पृतनाका पृतनापति उपरथी थापाले र्बाढीका बेलामा नेपाली सेनाको उद्वार टिम पुनर्वास,बेलौरी र लालझाडीका लागि ढक्कामा राखिएको सुदुरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापाले जानकारी दिए ।
जिल्लाको विभिन्न स्थानहरुमा सम्भावित बाढी/पहिरो प्रभावित क्षेत्रको जनजीवनलाई सामान्य अवस्थामा ल्याउनको लागि नेपाली सेनाको स्थालगत निरिक्षण कार्य एकदमै सर्हनिय रहेको बताउँदै नगर प्रमुख तोय प्रसाद शर्माले अविरल बर्षा भई देशका विभिन्न स्थानमा गएको बाढी तथा पहिरोको कारण उत्पन्न विपद् उद्धारको लागि नेपाली सेनाको उद्धार टोली बाढी तथा पहिरो प्रभावित क्षेत्रमा परिचालन भई राहत तथा उद्धार कार्य निरन्तर रुपमा संचालन गरिरहेकोमा पुनर्वास नगरपालिकामा पनि आफ्नो उपस्थिति देखाएकोमा खुशी ब्यक्त गर्दै नगर प्रमुख शर्माले नगर उक्त कार्यमा हातेमालो गर्दै अघि बढ्ने बताए।
पृतना पति थापा सहितको टिम निरीक्षणका लागि पुनर्वास,बेलौरी, लालझाडी हुँदै दोधाराचादनी सम्म जाने कार्यक्रम रहेको बुझिएको छ ।
निरीक्षणका क्रममा प्रदेश सभा सदस्य माननीय विरबहादुर थापा, पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्मा, पुनर्वास नगरपालिका-१,२,५ का वडाध्यक्ष मोहनलाल राना, डम्बर थापा र पदम रोकाया लगायत रेडक्रस प्रतिनिधि ,नेपाल प्रहरी र सशस्त्र प्रहरी सहभागी थिए ।






