सोनापुरमा ‘झक्कासको‘ नमुनावस्ती बन्ने, झुपडिमा वस्दै आएकाको खुसिले थामिएन आँशु


डिल्लीराज पन्त/ कञ्चनपुर : कञ्चनपुरको भिमदत्त नगरपालिका १३ , सोनापुरमा नमुना वस्ती भन्नै भएको छ । वडा अध्यक्ष रामचन्द्र वोहरा (झक्कास)को विशेष पहलमा विगत ४ दशक देखि खर फुसका झुपडीमा वस्दै आएका १८ घर परिवारका कच्ची घर विस्थापित गरी नगरकै नमुना वस्ती वन्ने भएको हो ।

विगत ४ दशक देखि १८ घर परिवार रहेका कञ्चनपुरको भिमदत्त नगरपालिका – १३ को सोनापुर बस्तीका कच्ची घरहरुलाई विस्थापित गरी वडा अध्यक्ष रामचन्द्र वोहरा(झक्कास)को पहलमा मा नमुना वस्ती वन्ने भएको छ । एक घर निर्माण गर्न ३ लाखको अनुमानित वजेट मा २ कोठा १ भान्सा र १ वरण्डा सहितको पक्की घर वन्न लागेका हुन । वडामै सवैभन्दा पिछडिएको वस्तीका रुपमा परिचित सोनापुर टोलमा अधिकांस दलित समुदायको वाहुल्यता रहेको छ । वडा अध्यक्ष झक्कासले आफु स्वत्रन्त्र वाट निर्वाचनमा भए पश्चात वडाका विभिन्न समस्यामा वडा कार्यसमितिकै सुझाव र सल्लाह वमोजिम पहल थाल्ने गरेको बताएका छन।

उहाँले विगत लामो समय देखि पिछडिएको सोनापुर टोलका नागरिकको घर परिवारकै दयनिय अवस्ता र आर्थिक अवस्था कमजोर भएका कारण वर्षौ देखि झुपडिमै वस्न बाध्य भएकाले विभिन्न संघ सस्था, सामाजिक व्यक्तित्व तथा समाजिक अभियंतावाट सहयोय को अपलि गरि सो वस्तीलाई नगरकै नमुना बस्ती वनाउने पहल थालेको वताएका छन ।
सो वस्ती मा दैनिक गुजारा गर्न पुरुषहरु भारतिय शहरमा मजदुरी गर्न जाने गर्दछन भने महिला महाकाली नदिमा गिट्टी बालुवा छानेर गर्ने गरेका छन । सोनापुर टोलमा वस्ने १८ घर परिवारको जग्गा समेत ऐलानी भएको र उनीहरुलाई सरकारले सेतो लालपुर्जा मात्रै दिएको छ । खान लाउन राम्रो नपुगेपनी वासका लागी वडा अध्यक्ष को पहलमा पक्की घर बन्ने भए संगै आफुहरु राम्रो संग वस्न र सुत्न पाईने भन्दै खुसी व्यक्त गरेका छन ।

हाल १८ वटा पक्की घर नमुना बस्तीका रुपमा निर्माण गरिने र त्यस पछि भिमदत्त नगरपालिका —१३ भित्र रहेका थप १२ फुसका कच्ची घर विस्थापित गरी पक्की घर निर्मांण गर्ने वडा कार्यालयले जनाएको छ ।
घर निर्माणका लागी सिमेन्टका व्लोक समेत सोहि स्थानमा उत्पादन गर्न सुदृढ परियोजना अन्र्तगत एनएनएस डब्लु ए र महाकाली युवा उद्यम कृषि समुको को आर्थिक सहयोगमा ईन्टरलक ईटा व्यवसय समेत स्थापना गरिएको छ । जसमा सोहि टोलका युवाहरुले रोजगारी समेत पाएका ले यस्तो सह्रायिन कार्य का लागी वडाकार्यालय लागी परेको प्रगति युवा स्वरोजगार समितिका अध्यक्ष शंकर सुनारले वताएका छन ।
२०५० साल देखि अस्थाई टहरा र झुपडिमा बस्दै आएका सोनापुर टोलका विपन्न परिवारका लागी सवै सरोकारवाला पक्षले थप सहयोग का लागी पहल गर्नु समाजिक दायित्व का साथै मानव धर्म समेत भएकाले यस्ता कार्य तर्फ स्थानिय, प्रदेश तथा केन्द्र सरकारले समेत हातेमालो गर्नु जरुरी देखिन्छ ।


Loading Viewer...

ताजा समाचार

spot_img