कर्मचारी र जनप्रतिनिधीविच अन्तरकृया


कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा कर्मचारी र जनप्रतिनिधीविच अन्तरकृया गरिएको छ । एमाले निकट कर्मचारी र पालिका जनप्रतिनिधीविच सार्वजनिक सेवा प्रवाह सहितका विवित विषयमा अन्तरकृया गरिएको हो । नेपाल निजामती कर्मचारी सगठन कञ्चनपुरको आयोजनामा शुक्लाफाँटा नगरका जनप्रतिनिधीसंग शनिबार अन्तरकृया गरिएको थियो ।

नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्दले कर्मचारी र जनप्रतिनिधीविच नागरिक सेवा प्रवाहको विषयलाई लिएर अन्तरकृया गरिएको बताए । अध्यक्ष चन्दका अनुसार पेशागत हकहितको लडाईमा नेपाल निजामती कर्मचारी संगठनको आन्दोलनमा मनोज जोृशी, झपन्द्र कार्की, सुरेन्द्र विक साहदत प्राप्त गरेको स्मरण गराउँदै सरकारले उनीहरुलाई राष्ट्रिय सहिद घोषणा गरेको अवसमा सहिद सप्ताहको अवसरमा अन्तरकृया गरिएको बताए ।

अन्तरकृयामा प्रमुख अथिति समेत रहेका सुप प्रदेशका निर्वतमान मुख्यमन्त्री एव एमाले सुप प्रदेश संसदीय दलका नेता राजेन्द्र सिह रावल सहितका जनप्रतिनिधीले कर्मचारीको हकहितका साथै सार्वजनिक सेवा प्रवाह थप स्तरिय बनाउनुपर्नेमा जोडदिएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img