कञ्चनपुर: नेकपा एकीकृत समाजवादी पार्टी बेदकोट नगरको समिक्षा बैठक सम्पन्न भएको छ । शनिबार रौटेलामा नेकपा एकीकृत समाजवादी बेदकोट नगर सचिवालयको समिक्षा बैठक सम्पन्न भएको हो । समिक्षा बैठकले बेदकोट नगरमा समाजवादीको कामकाज योजना संगठन विस्तार सहित विवित विषयमा बैठक गरिएको छ । समाजवादी बेदकोट नगर ८ वडाको समेत समिक्षा बैठक भएको छ ।

नेकपा एकीकृत समाजवादी बेदकोट नगरका अध्यक्ष महेशराज जोशीले समाजवादी नगरको विवित विषयमा छलफल सहित समिक्षा गरिएको बताए । समाजवादीका स्थायी कमिटि सदस्य उर्वादत्त पन्तको प्रमुख आथित्यमा केन्द्रीय सदस्य एव जिल्ला इन्चार्ज लाल ब. खडका, जिल्ला सह इन्चार्ज प्रकास रावल,माया पन्त, बिना बुढाथोकी, बिर ब. बुढाथोकी, प्रदेश, जिल्ला एव नगर सदस्य तथा नेता कार्यकर्ताहरुको सहभागितारहेको थियो ।







