प्रकाश भट्ट , कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका स्थित उद्योग वाणिज्य संघको सभाहलमा जिल्ला स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। एनप्याब्सन कञ्चनपुरले आयोजना गरेको उक्त कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महरा प्रमुख अतिथि रहेका थिए भने एनप्याब्सन कञ्चनपुरका जिल्ला अध्यक्ष झंकर राज जोशीको सभापतित्व रहेको थियो।

शनिबार सम्पन्न उक्त कार्यक्रममा एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष श्याम सिंह मौनी, एनप्याब्सनका केन्द्रिय सदस्य सत्येस बहादुर चन्द, शुक्लाफाँटाका शिक्षा इकाई प्रमुख सुरेश भट्ट, एन -प्याब्सनका सल्लाहकार डि डि अवस्थीको विशिष्ट आतिथ्य रहेको थियो । त्यस्तै उक्त कार्यक्रममा उद्योग वाणिज्य संघ शुक्लाफाँटा अध्यक्ष धिरेन्द्र साउद एनप्याब्सन प्रदेश सचिव वीर बहादुर चन्द, एनप्याब्सन भीमदत्त पालिका अध्यक्ष दीपक चन्द अतिथि रहेका थिए ।

प्रतियोगिता तीन तहमा आयोजना गरिएको थियो। जसमा आधारभूत तह ‘ क ‘ अन्तर्गत १८ वटा विद्यालयका २६ जना विद्यार्थी, आधारभूत तह ‘ ख ‘ मा २० वटा विद्यालयका ३२ जना विद्यार्थी र माध्यमिक तह चित्रकला प्रतियोगितामा ११ वटा विद्यालयका २० जना विद्यार्थीहरू गरि ७८ जना सहभागिता रहेको कार्यक्रमका सञ्चालक तथा एनप्याब्सन कञ्चनपुरका जिल्ला सचिव बलदेव भट्टले बताउनुभयो।

त्यस्तै उक्त प्रतियोगिताबाट आधारभुत तह ‘क ‘ मा लिटिल बुद्ध एकेडेमीमा अध्ययनरत छात्र प्रमिश ठगुन्ना प्रथम, युनाइटेड पब्लिक स्कुलमा अध्ययनरत छात्रा संस्कृति ऐरी द्वितीय, मर्निङ ग्लोरी सेकेन्डरी स्कुलमा अध्ययनरत छात्रा सङ्गीता रोकाया तृतीय तथा भुवनेश्वरी विद्या मन्दिरमा अध्ययनरत छात्र प्रिन्स नाथले सान्त्वना स्थान प्राप्त गरेका छन् भने आधारभुत तह ‘ख` मा अनिरुद्र सेकेन्डरी स्कुलमा अध्ययनरत छात्रा जेनिशा बीजले प्रथम, लालीगुँरास पब्लिक स्कुलमा अध्ययनरत छात्रा सुस्मिता भट्ट द्वितीय गिताञ्जली पब्लिक स्कुलमा अध्ययनरत छात्रा प्रियङ्का भट्ट तृतीय तथा अनिरुद्र सेकेन्डरी स्कुलमा अध्ययनरत छात्रा सरस्वती भट्टले सान्त्वना स्थान प्राप्त गरेका छन्।
त्यसै गरि माध्यमिक तह चित्रकला प्रतियोगिता अन्तर्गत अनिरुद्र सेकेन्डरी स्कुलमा अध्ययनरत छात्रा सोनिया पाल प्रथम, ज्ञानदीप विद्या मन्दिरमा अध्ययनरत छात्रा कविता बिष्ट द्वितीय, मर्निङ ग्लोरी सेकेन्डरी स्कुलमा अध्ययनरत छात्रा प्रीयान्जल गहतराज तृतीय तथा अनिरुद्र सेकेन्डरी स्कुलमा अध्ययनरत छात्र सागर जोशीले सान्त्वना स्थान प्राप्त गरेका छन्।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गरेका विद्यार्थीहरूलाई क्रमशः रु २५०० रु २००० रु १५०० रु ५०० नगद पुरस्कार सहित प्रमाण पत्र समेत वितरण गरिएको थियो भने प्रथम हुने विद्यालयहरूलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा उपस्थित अधिकांश वक्ताहरूले एनप्याब्सन कञ्चनपुरले शैक्षिक क्यालेण्डर बनाएर नियमित रुपमा विद्यार्थीमुखी कार्यक्रम गर्दै आएकोमा प्रशंसा गरेका छन् ।






