साइकलयात्री शाहको अभिनयमा रहेको गीत ‘दुःखभित्रको खुसी’ सार्वजनिक


प्रकाश भट्ट /कञ्चनपुर : – मार्मिक गीत ‘दुःखभित्रको खुसी’ सार्वजनिक भएको छ। चर्चित साइकलयात्री भरत विक्रम शाह (फारवेस्टर्न राइडर) को अभिनयमा रहेको उक्त गीत बुधबार कास्पर प्रोडक्सन नामक युट्युब च्यानल बाट सार्वजिक गरिएको छ। उक्त गीतमा आत्महत्या गर्नुहुँदैन भन्ने विषय वस्तु समेटिएको साइकलयात्री शाहले बताउनुभयो ।

गीतमा सुशील गर्तौला र सज्जा चौलागाइँको स्वर रहेको छ भने कृष्ण ज्ञवालीको शब्द सिर्जना रहेको छ। चन्द सिंहले संगीत संयोजन गरेको उक्त गीतको चन्द्र चौधरीले मिस्किङ गरेका छन् भने गीतको भिडियो छायांकन सतिस सिन्हाले र मासुम विष्टले गरेका छन्। गीतले जीवनमा जतिसुकै अप्ठ्यारा परिस्थिति आएपनि आत्महत्या समस्याको समाधान नभएको तथा जस्तो सुकै अप्ठ्यारो परिस्थिति भए पनि हार मान्नु हुँदैन भन्ने सन्देश दिने साइकलयात्री शाहको भनाइ रहेको छ। उक्त गीतको भिडियोमा भरत विक्रम शाह (फारवेस्टर्न राइडर), सुनिता चौधरी र आँचल चौधरीले अभिनय गरेका छन्।


Loading Viewer...

ताजा समाचार

spot_img