शुक्लाफाँटामा भवन निर्माण सम्बन्धी मापदण्ड परिमार्जन


कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाले भवन निर्माण सम्बन्धी मापदण्डमा परिमार्जन गरेको छ । विद्यमान भवन निर्माण सम्बन्धी मापदण्ड परिमार्जन गरी नगरपालिकाले शहरी योजना तथा भवन निर्माण मापदण्ड २०८० जारी गरेको छ ।
बढ्दो शहरीकरणलाई व्यवस्थीत गर्नका लागि भवन निर्माण सम्बन्धीको नयाँ मापदण्ड बनाई लागु गरिएको नगरपालिकाका पूर्वाधार विकास शाखाका प्रमुख दीपक धामीले बताउनु भयो । “स्वच्छ, स्वस्थ्य, दीगो र सबैलाई उचित वातावरणमा बस्नका लागि शहरी वातावरण निर्माण गर्ने उद्देश्यले नयाँ मापदण्ड निर्माण गरी लागु गरेका छौं” उहाँले भन्नु भयो, “मापदण्ड लागु भए संगै नगरपालिकामा भू उपयोगका क्रियाकलापहरुलाई व्यवस्थीत ढंगले उपयोग गर्ने, व्यवस्थीत शहर निर्माण हुने, प्राकृतिक तथा मानव निर्मित प्रकोपहरु न्यूनिकरण गर्न सघाउ पुग्ने छ ।”

उहाँका अनुसार शहरीया वातावरणको संरक्षण तथा सम्बर्धन, सरसफाईमा टेवा पुरयाउनुका साथै संरक्षित क्षेत्रको विकासमा मादण्डले अहं भूमिका खेल्ने छ ।नगरपालिकामा विद्यमान अव्यवस्थीत बसोवासको समस्यालाई नयाँ मादण्डले हल गर्ने उहाँको भनाई रहेको छ । नगरपालिकाको योजनावद्ध पूर्वाधार विकासमा नयाँ जारी भएको मापदण्डको महत्वपूण भूमिका खेल्ने नगर प्रमुख रण बहादुर महराले बताउनु भयो । नगर उप प्रमुख कल्पना पन्तले कुनै पनि संरचना निर्माण गर्न केही आधारभूत नियमहरुको अधिनमा रहेर कार्य अघि बढाउदा सुरक्षित, सस्तो, बलियो, वातावरण मैत्री तथा विपदबाट कम क्षति हुने खालका संरचना निर्माण हुने बताउनु भयो ।“विकास निर्माणका कार्यहरु गर्दा स्वीकृत मापदण्डको पालना हुनु जरुरी छ” उहाँले भन्नु भयो, “त्यसै कुरालाई मध्यनजर गरी भवन  सम्बन्धीको नयाँ मापदण्ड जारी गरेका छौं ।”
अव्यवस्थीत शहरीकरण, जग्गाको जथाभावी रुपमा हुदै आएको खण्डीकरण रोक्नका लागि मापदण्ड प्रभावकारी हुनेमा विश्वस्त रहेको उहाँले बताउनु भयो । “भवन निर्माण सम्बन्धीको पुरानो मापदण्डमा भू उपयोग सम्बन्धी योजना थिएन” नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकेन्द्रराज भट्टले भन्नु भयो, “परिमार्जित मापदण्डमा भू उपयोग योजना तथा हाईराइज बिल्डिङ सम्बन्धीका मापदण्ड समावेश गरिएको छ ।”

नयाँ मापदण्ड अनुसार व्यवस्थीत बसोवास, व्यवस्थीत शहरीकरण, भू उपयोगको उचित व्यवस्थापन र सुरक्षित संरचना निर्माणमा सहयोग पुरयाउने उहाँले उल्लेख गर्नु भयो । नगरपालिकामा नक्सा पास गरी मापदण्ड अनुसार मात्रै भवन निर्माण गर्न पाईने भएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img