कञ्चनपुर : कञ्चनपुर महेन्द्रनगरका युवा व्यवसायी करनसिह बुढाऐरले घाईते पत्रकार कृष्ण दमाईलाई सहयोग गरेका छन । भीमदत्त नगरपालिका ४महेन्द्रनगर चमत्कार फेन्स स्टोरका संचालक बुढाऐरले मोटरसाईकल दुर्घटनामा परी घार्इंते भएका पत्रकार दमाईलाई व्यवसायी बुढाऐरले नगद आर्थिक सहयोग गरेका हुन । घाईते पत्रकार दमाईको स्वास्थ्य लाभका साथै आधारभूत खाद्यान्नका लागि नगद २हजार ५ रुपैया सहयोग गरेका छन । बुधबार एक कार्यक्तमका विच महेन्द्रनगरका युवा व्यवसायी बुढाऐरले घाईते भएका बेला पौष्टिकतत्व खानका लागि उक्त आर्थिक सहयोग गरेका हुन । घाईते पत्रकारका भाई हरिस दमाईलाई बुढाऐरले रकम हस्तान्तरण गरेका छन ।

मोटरसाईकल दुर्घटनामा परेर घाईते भएका पत्रकार दमाईले लामो रेष्ट गर्नुपर्ने भएकाले स्वास्थ्य लाभका लागि समाजसेवी समेत रहेका दमाईलाई सहयोग गरेका छन । ‘समाजिक सेवा गर्ने उदेश्यले घाईते भएका पत्रकार दमाईलाई सक्दो सद्भाव देखाएका छौँ, ‘उनले भने, ‘संकट परेका बेला आफ्नो तर्फबाट सक्दो सहयोग गरेको हुँ ।’ घाईते पत्रकार दमाईको परिवारले दलित समुदायका लागि लड्छौँ भन्ने दलितका नेता एव दलितका नाममा देशविदेशबाट डलर भित्र्राउने अगुवाहरुले संकटका बेला सहयोग नगरेको भन्दै दुखेसो पोखेका छन । गैर दलित समुदायबाट सहयोग आउने, तर दलित समुदायकै अगुवा एव एनजिओकर्मीबाट सहयोग नपाएको भन्दै दुखेसो पोख्दै आएका छन ।







