प्रकाश मेमोरियल पब्लिक स्कुलले गर्यो विद्यार्थीलाई मौलिक बाजा,कला विशेष अभिमुखीकरण

कञ्चनपुर : भीमदत्त न.पा.५ वनगांउ स्थित श्री प्रकाश मेमोरियल पब्लिक स्कुलले विद्यार्थीहरुलाई स्थानीय बाजा, सु. प. क्षेत्रको मौलिक संस्कृति सम्बन्धमा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । २०८०।३।२९ भानु जयन्तीको अवसर पारेर आयोजित कार्यक्रममा कलाकार गीता आउजी र मोहन आउजीले विद्यार्थीहरुलाई प्रशिक्षीत गरेका थिए । तत् कार्यक्रममा आधारभूत तह कक्षा ८ सम्मका विद्यार्थीहरुलाई मौलिक कला,संस्कृती,लोक परम्परा,बाजा,पहिरन लगायतका विषयमा जानकारी गराइएको थियो ।

विद्यार्थीहरुलाई बाजाहरु बजाएरनै सो का बारेमा जानकारी गराइएको थियो । विद्यालयका प्रिन्सिपल एवं नगर शिक्षा समिति सदस्य(भीमदत्त न.पा)निलम आले गुरुङको विशेष संयोजनमा भएको कार्यक्रममा विद्यालयका सल्लाहकार अमित प्रसाद भट्ट तथा साहित्यकार रामरमण हंशको विशेष उपस्थिती थियो । सहजकर्ता दुवै जनालाई सम्मान पत्र तथा नगद सहित सम्मानित गरिएको कार्यक्रममा सहभागी शिक्षक तथा विद्यार्थीले अन्त्यमा सामुहिक नृत्य समेत गरेका थिए । पि. एम. पि. एस.ले यस प्रकारका सचेतनात्मक तथा सामाजिक कार्यक्रम विगत देखी वर्तमान सम्म निरन्तर गर्दै आइ रहेको छ ।

ताजा समाचार