कञ्चनपुर : वेदकोट सामुदायिक पुस्तकालय,दैजीको आयोजनामा २१० औं भानु जयन्ती तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । २०८०।३।२९ मा वेदकोट सामुदायिक पुस्तकालयको हलमा आयोजित कार्यक्रमका सभाध्यक्ष ईन्द्र मल्ल रहनु भएको थियो भने प्रमुख अतिथीमा वेदकोट नगर प्रमुख भोजराज बोहरा रहनु भएको थियो । साहित्यकार तथा शिशु विद्या मन्दिरका प्रिन्सिपल राकेश चन्दले सञ्चालन गर्नु भएको कार्यक्रममा महेन्द्रनगर ,दैजीका ५० बढी साहित्यकार तथा विद्यार्थीको सहभागीता रहेको ।

साहित्यकार नारायण गिरी लगायत ३ जना व्यक्तित्व सम्मानित कार्यक्रममा आचार्य घनश्याम लेखक बाटुलीले रामायाण चरित्र प्रकाश पार्नु भएको थियो भने जगदीश ओझा जगन्नाथ आत्रेयले भानुभक्तको वर्तमान समयमा सान्दर्भिकता सम्बन्धमा चर्चा गर्नु भएको थियो ।मानसखण्ड फाउण्डेशनका अध्यक्ष नारा जोशीले साहित्यले सबैलाई समान दृष्टिले देनु पर्ने चर्चा गर्नु पर्ने विषयमा थियो साहित्यकार सुरेश चन्द ठकुरी सहयात्रीको गुमुली माथी कविराज भट्टले चर्चा गर्नु भएको थियो । प्रमुख अतिथीको आसनबाट बोल्नुहुदै नगरप्रमुख चन्दले भानुभक्त चिरकालका सर्जक भएको उल्लेख गर्दै नेपाल भन्दा अन्य ठाउंमा भानुको बढी स्मरण हुने गरेको बताउनु भएको थियो । सबैले आआफ्नो कर्तव्य तदारुकताका साथ पुरा गरिदिए विकास आफै हु्ने बताउदै सामुदायिक विद्यालयमा समेत अंग्रेजी माध्यमलाई प्रयोग गर्न सके विद्यार्थीहरुको अंग्रेजीको समस्या दुर हुने कुरा बताउनु भएको थियो ।
सो पश्चातको रचना वाचन सत्रमा कविराज भट्ट,प्रेम प्रकाश कलौनी,अमित प्रसाद भट्ट,खिमानन्द बडु,नारायण गिरी,नारायण लम्साल,पदम सार्की हेमन्त,राम रमण हंश,चन्द्रकला पन्त,कल्याण ओझा लगायतले वाचन गरेका थिए । सो पश्चात सहभागीहरुलाई मायाको चिनो प्रदान गरी डेउडा खेल सामुहिक खेली कार्यक्रम समापन भएको थियो ।
