कञ्चनपुर : सशस्त्र प्रहरीले विपद् जोखिममा परेका कञ्चनपुर दोधाराचाँदनी नगरका बालबालिकालाई उद्दार गरेको छ । सीमावर्ती जगबुढा नदीको विपद् जोखिममा परेका दोधाराचाँदनी नगरपालिका पाँच बालबालिकालाई उद्दार गरेको हो ।
बाख्रा चलाउन मायापुरी जंगल गएका बालबालिकालाई उद्दार गरेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर हेक्वा शैलेश्वरी गणका सशस्त्र प्रहरी उपरीक्षक प्रेम बहादुर रावलले मंगलबार बाख्रा चराउन जंगल गएका घर फर्किन क्रममा नदीको उचो विच भागमा अडकिएका बालबालिकालाई उद्दार गरिएको बताए ।

उनीहरुलाई अढाई घण्टामै उद्दार गरिएको थियो ।
सीमा सुरक्षा बल देविस्थान गुल्मबाट सशस्त्र प्रहरी नायब उपरीक्षक भीम बहादुर चन्दको नेतृत्वमा गएको सशस्त्र प्रहरीको टोलीले बालबालिकालाई उद्दार गरेको बताए । सशस्त्र प्रहरीका एसपी रावलका अनुसार दोधराचाँदनी नगरपालिका ३ बडूवाल टोलका १२ बर्षिया खुसी राना, ९ बर्षिया भावना सुनार, सानु दमाई, ११ बर्षिया रोसनी सुनार, १० बर्षिया मुस्कान दमाईलाई उद्दार गरिएको छ । उनीहरु सीमावर्ती मायापुरी जंगलमा बाख्रा चलाउन गएका थिए । समयमै सशस्त्र प्रहरीले उनीहरुको उद्दार गरेपछि ज्यान जोगिएको बताएका छन । सीमा क्षेत्रमा चोरी तस्करी नियन्त्रणदेखि विपद् जोखिममा परेका बालबालिकालाई उद्दार गरेपछि स्थानीय हर्षित भएका छन ।







