मोटरसाइकल र साईकल एक आपसमा ठोकिदा बालकको अवस्था गम्भिर

कञ्चनपुर : भीनपा–०४ स्थीत महाकाली अस्पताल रोड रेडक्रस नजिक मोटरसाइकलले साईकलमा विद्यालय जादै गरेका बालकलाई ठक्कर दिदा बालक गम्भिर घाइते भएका छन् । लिटिलबुद्ध एकेडमी कक्षा ५ मा अध्ययनरत अबिरल चौधरी घाईते भएका हुन । उनको अहिले महाकाली प्रादेशिक अस्पतालमा उपचार चरिलरहेको छ । उनको स्वास्थ्य अवस्था गम्भिर भएकोले थप उपचारका लागी अन्यत्र लैजाने तयारी भएको उनका आफन्तले बताए ।

प्रत्यक्षदर्शीका अनुसार मोटरसाईकल ओभरस्पीडमा भएका कारण अनियन्त्रित हुदा साईकल सवार बालक सहित ५० मिटर टाढा सम्म घिसारीएको थियो । म.३ प. ८५३ नम्बरको मोटरसाईकलमा रहेका दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

ताजा समाचार