कञ्चनपुर : नेकपा (माओवाद केन्द्र)का केन्द्रीय सल्लाहका एव पाटी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)की धर्मपत्नी सीता दाहालको निधनमा जिल्ला पाटी कार्यालय कञ्चनपुरको आयोजनामा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । सातौ दिनको पुण्य तिथिमा कञ्चनपुरको महेन्द्रनगरमा पार्टीको आयोजनामा भएको कार्यक्रममा पार्टी सल्लाहकार तथा नेता स्वर्गीय सीता दाहालको फोटोमा माल्र्यापण गर्दै जिल्ला पार्टीले श्रद्धाञ्जली अर्पण गरेको छ ।

माओवादी केन्द्र कञ्चनपुरका ईन्चाज तथा केन्द्रिय सदस्य टेकेन्द्र भट्ट, पार्टी केन्द्रिय सदस्य तथा पुर्व मन्त्री मानबहादुर सुनार, प्रदेश सभा सदस्य ओम विक्रम भाट, पार्टीका प्रदेश स्तरिय नेता, जिल्ला पदाधिकारीहरु, जनवर्गिय संगठनका प्रमुख लगायतका नेता तथा कार्यकर्ताहरुले स्वर्गिय सीता दाहाल प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन । दाहालको निधनप्रति देश भरी विभिन्न स्थानहरुमा श्रद्धाञ्जली कार्यक्रहरु भएका छन ।

पाटी अध्यक्ष तथा प्रधानमन्त्रीकी धर्मपत्नी दाहाललाई सबैले श्रद्धा सम्मानका साथ लिएका छन । पार्टीमा उनको योगदानको ठुलो सम्मान र कदर गरिदै आएको छ । पार्किन्सन्स जस्तो देखिने एक प्रकारको जटिल रोगबाट लामो समय थलिएकी सीता दाहालको गत असार २७ गते काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो ।







