कञ्चनपुर : कञ्चनपुर भीमदत्त नगरपालिकाको एक वडा कार्यालयले डिजिटल माध्यमबाट सेवा शुरु गरेको छ । भीमदत्त नगरपालिका १८ नम्बर वडाले डिजिटल माध्यमबाट सेवा शुरु गरेको हो । १ साउन चालु आर्थिब बर्ष २०८०/०८१ देखि वडा कार्यालयले पेपरलेस बनाउने उदेश्यका साथ विद्युतीय व्यवस्थापन प्रणाली(डिजिटल म्यानेजमेन्ट सप्टवेयर)को माध्यमबाट वडाले प्रदान गर्ने सम्पूर्ण सेवा शुचारु गरेको छ । भीमदत्त नगरपालिका १८ का वडासचिव दिनेशराज भट्टले स्थानीय सरकार संचालन ऐनले निर्देशिन गरेको कामकर्तव्य अनुरुप वडाले गत आर्थिक बर्ष ०७९/०८० बार्षिक बजेट तथा कार्यक्रम बमोजिम वडाबाट पारित भएको योजना चालु आर्थिक बर्षदेखि लागु भएको बताए । ‘हामीले वडाबाट नागरिकलाई प्रदान गर्ने सम्पूर्ण सेवा सफ्वेयरमा राखेका छौँ, ‘वडा सचिव भट्टले भने, ‘डाटा डिजिटल स्टोरेज हुने भएकाले छितोछरितो सेवा प्रदान हुन्छ ।’

सप्टवेयरमा राखिएका डाटा भविष्यमा समेत सहज तरिकाले खोज्न सकिने बताउँदै सचिव भट्टले सेवाग्राहीको व्यक्तिगत परिचय पत्र प्रमाण राखेर अन्य सेवा समेत प्रभाव गर्ने बताए । ‘पेपरलेस अनुरुप कामकाज सम्पादन गर्दा सेवाग्राही र कार्यालयको समेत बोझ घट्छ, ‘उनले भने, ‘डिजिटल साक्षरता समेत प्रदान गरेर सेवाग्राहीलाई थप सेवाग्राही जागरुक बनाउँछौँ ।’ भीमदत्त नगरपालिका १८ का वडाध्यक्ष रविन्द्र प्रशाद देवकोटाले नागरिकलाई शिघ्र सेवा सुविधा प्रदानका लागि डिजिटन सेवा प्रदान गरिएको बताए । ‘अब हामीले वडाबाट प्रदान हुने सम्पूर्ण सेवा सप्टवेयरमा राखेका छौँ, ‘उनले भने, ‘यसरी डिजिटल सेवा प्रदान गर्ने भीनपा १८ सुदूरपश्चिमकै पहिलो वडा बनेको छ ।’

सोमबार एक कार्यक्रमका विच सुदूरपश्चिमका निर्वतमान मुख्यमन्त्री राजेन्द्र रावलले उक्त डिजिटल सेवाको उद्घाटन गर्दै अन्य वडाहरुले समेत यसरी नै नागरिकलाई प्रविधीको भरपुण उपभोग गरेर सेवा प्रदान गर्नुपर्नेमा जोडदिए । भीनपा १८ जिल्लाका ९ पालिका मध्ये सबैभन्दा ठुलो एव झण्डै ३० हजार भन्दा बढी जनसंख्या भएको वडा हो । भीनपा १८ जिल्लाका ९ पालिका मध्ये सबैभन्दा ठुलो एव झण्डै ३० हजार भन्दा बढी जनसंख्या भएको वडा हो । डिजिटल सेवा शुरु भएपछि सेवाग्राही हर्षित भएका छन ।







