कञ्चनपुर : टनकपुरदेखि पुर्व तर्फ नेपाल आउने महाकाली तेस्रो चरणको मुल नहर दायाबाया निर्माण भएको सडक शुचारुको माग अघि सारिएको छ । भीनपा ९का स्थानीय एव अगुवा युवा दिपेन्द्र सिह ऐरीले महाकाली तेस्रो चरणको टनकपुर मुल नहरदेखि सडक शुचारुको माग अघि सारेका हुन ।

भारतीय पक्षले तेस्रो चरणको मुल हेडगेरुलेटरमा ताला लगाउने भएकाले नेपाल भारत आवजाउ गर्ने यात्रु मारमा परेको भन्दै महाकाली सिँचाई तेस्रो चरण आयोजना कार्यालयसंग माग अघि सरेका छन । मुल नहरसंगै दायाबायाँ रहेको सडक शुचारु भए दुवै देशका नागरिकलाई बर्षातका बेला जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था नआउने धारण अघि सारिएको छ ।







