कञ्चनपुर : सशस्त्र प्रहरी बल नेपालका पुर्व कर्मचारी तथा अधिकृतले कञ्चनपुरको एक बृद्धआश्रममा खाद्यान्न सहयोग गरेका छन । सुदूरपश्चिमेलीको साउने संक्र्रान्ति ओल्के तिहारको अवसरमा नेपाल पुर्व सशस्त्र प्रहरी बल कर्मचारी सुप प्रदेश समितिले बेदकोट नगरपालिका ८ रौटेलामा रहेको बृद्ध आश्रममा खाद्यान्न सहयोग गरेको हो । रौटेलामा रहेको बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा रहेका राहत खाद्यान्न समाग्री वितरण गरेका छन ।
नेपाल पुर्व सशस्त्र प्रहरी बल कर्मचारी सुप प्रदेश समितिका अध्यक्ष पुर्व सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक हर्क बहादुर रावल, सशस्त्र प्रहरीका कर्मचारी सुन्दरसिह कार्की, रमेश कुँवर, खेमराज जोशी लगायतको सहभागिता रहेको थियो । पुर्व सशस्त्र प्रहरीले मानविय सहयोगका लागि आश्रममा सक्दो सहयोग गरेको बताएका छन । सेवाबाट अवकास पाईसकेपछि पनि सशस्त्र प्रहरी बलका पुर्व कर्मचारीले जेष्ठ नागरिकका समस्या बुझेर आवश्यक आधारभूत सहयोग गरेको भन्दै जेष्ठ नागरिक हर्षित भएका छन ।






