पवन थापा/ कञ्चनपुर : ‘पहिचान पहुच प्रतिनिधित्व र समावेशकिरणको लागी आदिवासी जनजाती आन्दोलन जाति भाषा धर्म र संस्कृती संरक्षणको लागी देश व्यापी राष्ट्रिय जागरण’ भन्ने मुल नारा लिएको नेपाल आदिवासी जनजाती महासंघले जिल्ला समन्वय परिषद महेन्द्रनगर कञ्चनपुरले आफ्नो तेस्रो पुर्ण बैठक सम्पन्न गरेका छ ।
आज सम्पन्न भएको बैठकले मुख्यतया दुई निर्णण पारित गरेको छ । जसमा विश्व आदिवासी दिवस जिल्ला स्तरमै कञ्चनपुरको महेन्द्रनगरमा साउन २४ गते भव्यताका साथमा मनाउने निर्णय गरको छ । त्यसै गरी रानाथारु समाजको दोस्रो ठुलो पर्वको रुपमा रहेको तीज यसपाली साउनमा मलामास (लौद) भएकोले भदौं २ गते मनाउने निर्णय गरेको छ । जसको लागि जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र दिने कार्यक्रम रहेको छ।
सुदूरपश्चिम प्रदेश सरकाराले रानाथारुहरुको तीज विदा साउन ४ गते राखेको हुनाले यसपालि मलमास (लौद)को कारणले भदौं २ गते परेको हुनाले सो दिनमा विदा दिनु पर्ने माग सहित जिल्ला प्रमुखलाई ज्ञापन पत्र दिन लागेको नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरका अध्यक्ष विकास श्रेष्ठले बताउनु भयो ।







