भानुमा नमन


हे भानु तिमी हाै आदिकवि नेपाली भाषाका
चम्किला तारा सबैका प्यारा साहित्य आकाशका
तनहुँ रम्घा सुन्दर गाउँ कवि हाै जन्मेका
जीवन भरी रामकाे भक्ति गर्नमा रमेका
भाषाले गर्‍याै नेपालीलाई एकजुट् तिमीले
त्याे काम पूण्य सम्झेर मान्याै  विभूति हामीले
जीवन यात्रा सयर गर्दा घाँसीलाई भेटेकाे
घाँसीकाे शिक्षा ग्रहण गरि रामायण लेखेकाे
श्रीकृष्ण बाजे विद्वान ठूला संस्कृत पढेका
उनैको साथ समाती हात हुर्केर बढेका
आचार्य धनन्जयका तिमी सुपुत्र परेका
राम् कथा लेखी संसारमा भानु अमर भएका
ती धर्मावती भानुकी आमा पूजन गर्दछु
भानुमा मेराे श्रद्धा र भक्ति नमन गर्दछु ।
२०८०/०३/२९
२१० औं भानु जयन्ती
 सुधिर पन्त
कक्षा- सात
ज्ञान दीप विद्या मन्दिर कटान,कञ्चनपुर ।

Loading Viewer...

ताजा समाचार

spot_img