कञ्चनपुर : कञ्चनपुरको बेलौरीमा वाईसियल नेता सुरेश कुमार बडायतमाथि आक्र्रमण भएको छ । बिहीबार बडायकमाथि आक्रमण भएको वाईसियल कञ्चनपुरले जनाएको छ । वाईसियलका नेताहरुले डिआईजीका मान्छे आरआईटीवालाहरु हुँ भन्दै सिभिलमा आएको समुहले बडायतकमाथि कुटपिट गरेको बताएका छन ।
वाईसियल कञ्चनपुरका नेताहरुले डिआईजी कार्यालयबाट खटिएका आरआईटीका मान्छे हुँ भन्ने हेमराज भट्ट(नवि), दिप पाण्डे समुहले बडायकमाथि कुटपिट गरेके बताएका छन । होटल व्यवसायी समेत रहेका वाईसियल केन्द्रीय लेखा आयोग सदस्य एव क्षेत्र १का संयोजक बडायकमाथि राजनीतिक प्रतिशोध साँधेर आक्र्रमण गरेको भन्दै वाईसियलले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेको छ ।
वाईसियल कञ्चनपुरका संयोजक तिलक जप्रेलले डिआईजीका मान्छे, आरआईटी हुँ भन्ने अज्ञात समुहले सिभिल प्रहरी सहितले बडायतकमाथि कुटपिट गरेको समाजिक सञ्जाल मार्फत उल्लेख गरेका छन ।
उनले धारिलो हतियारले कुटपिट गरेर घाईते भएका बडायकमाथि कुटपिट गर्नेलाई कार्बाहीको माग अघि सारेका छन । वाईसियल कञ्चनपुरका इन्चार्ज शुशिल शाहले वाईसियल नेतामाथि डिआईजीबाट खटिएका आरआईटीका मान्छे हुँ भन्दै बर्दि नलगाएका मान्छेहरुबाट मरणाशन्न हुने गरी भौतिक आक्र्रमण निन्दनिय भएको बताए । उनले घटनाको छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारे । वाईसियल नेपालले बडायक माथि आक्र्रमण गर्नेहरुलाई कार्बाही कार्बाही गरिनुपर्ने माग गरेका छन । ईप्रका बेलौरीका इन्चार्ज सन्चिवचन्द्र शाहले घटनाबारे बुझिरहेको बताए । उनले घाईतेको घाउजाँच गराउन पठाएको थप अनुसन्धान भईरहेको बताए ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले उक्त घटनाबारे डिआईजी कार्यालयबाट क्षेत्रीय अनुसन्धान ब्यूरो(आरआईटी)को टिम वा कुनैबाट उक्त घटनामा संलग्न भए नभएको बारे अनुसन्धान गरिने जनाएको छ । कोही कसैको नाम लिएर जुनसुकै जिम्मेबारी वा आम नागरिकमाथि कुटपिट गर्न नपाईने भन्दै प्रदेश प्रहरीले घटनाबारे बुझेर निर्णय लिने जनाएको छ ।

