कञ्चनपुर : लघुवित्तिय संस्था बिरुद्धको संघर्ष समितिले लघुवित्तले आतङ्क मच्चाएको बिरोधमा शुक्रबारदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
लघुवित्तय संस्था बिरुद्धको संघर्ष समितिले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै तीनदिन नेपाल बन्दको घोषणा गरेको जनाएको छ । लघुवित्तिय संस्था बिरुद्धको संघर्ष समितिले असार २९देखि ३१सम्म नेपाल बन्दको घोषणा गरेको हो । लघुवित्तय संस्था बिरुद्धको संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा लघुवित्तले लुट मच्चाएरपछि बाध्य भएर आन्दोलनमा उत्रिएको जनाएका छन ।
केन्द्रीय कार्यक्रम अनुस्प कञ्चनपुरमा समेत आन्दोलन हुने लघुवित्तिय संस्था बिरुद्धको संघर्ष समितिले जनाएको छ । लघुवित्तिय संस्था बिरुद्धको संघर्ष समिति कञ्चनपुरका अध्यक्ष बुझाउना चौधरीले आन्दोलनका लागि कञ्चनपुरको कृष्णपुरदेखि अत्तरियासम्म ¥यालीदेखि आन्दोलन गरिने बताए । तर स्थानीयले बन्द हड्ताल भन्दा पनि लघुवित्त बिरुद्धमा गर्ने आन्दोलनको विकल्प खोज्न आग्रह गरेका छन । लघुवित्त संस्थाहरुले ठाँउ ठाँउका लघुवित्तबाट ऋण लिएर ऋण नतिर्ने अटेरी गरेर आन्दोलनमा उत्रिनु नाजाय हुने बताएका छन । लघुवित्तहरुले लघुवित्तले ऋण लिएको रकम पनि जनताकै रकम भएकाले उक्त रकम ऋण लिएर नतिर्नु भन्नु लघुवित्त र जनतामाथि घात भईरहेको दावि गरेका छन ।







