विपी कोईराला विद्यालयमा बृक्षारोपण


कञ्चनपुर :  कञ्चनपुर भीमदत्त नगरपालिकाको एक सामुदायिक विद्यालयले बृक्षारोपण गरेको छ । भीमदत्त नगरपालिका १२ ओदालीमा रहेको विश्वेश्वर प्रसाद कोईराला आधारभूत विद्यालय(विपी)ले बृक्षारोपण गरेको हो । बुधबार एक कार्यक्रमका विच विपी कोईराला आधारभूत विद्यालयले बृक्षारोपण गरेको जनाएको छ ।

विपी कोईराला आधारभूत विद्यालयका प्रद्यानाध्यापक बिरराम सार्कीले विद्यालय हातामा अशोक, बोतलपान, फलफुल लगायतका विभिन्न प्रजातिका बिरुवा रोएिको बताए । प्रअ सार्कीले विद्यालयमा वातावरण सन्तुलनदेखि विद्यार्थीको ध्यान पढाईमा केन्द्रीतका लागि बृक्षारोपण गरिएको बताए । प्रअ सार्की आफैले शुक्लाफाँटा नगरपालिका सहितका स्थानबाट विभिन्न प्रजातिका बिरुवा ल्याएका थिए ।

प्रअ सार्की सहित, अन्य शिक्षक, अभिभावकले बृक्षारोपण गरेका थिए । प्रअ सार्कीले विद्यालयको शैक्षिक एव बाह्य वातावरण सुधारका लागि विभिन्न योजना कार्यान्वयनमा ल्याएपछि अभिभावक हर्षित भएका छन ।


ताजा समाचार

spot_img