प्रधानमन्त्री पत्नी सिता दहालको निधन


कञ्चनपुर : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज विहान ८.३३ मा नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् ।

उनी लामो समय देखि पीएसपी रोग बाट पीडित थिइन् । रोगले मस्तिष्कमा असर गरेका कारण उनी हिँडडुल गर्न पनि असमर्थ थिइन । नेपाल भारत लगायत विभिन्न उपचार केन्द्रमा उपचार गर्दा पनि स्वास्थ्यमा कुनै सुधार आउन नसकि स्वास्थ्य अवस्था गम्भीर भए पछि उनलाई विहान नर्भिक अस्पताल लगिएको थियो । आज विहान उपचारकै क्रममा उनको निधन भएको हो ।


Loading Viewer...

ताजा समाचार

spot_img