मकैमा फौजी किराको प्रकोपले दोधारा चाँदनीका किसान चिन्तित


दोधारा । मुख्य खाद्य बालीका रुपमा रहेको मकैमा अमेरिकी फौजी किराको प्रकोप देखिए पछि दोधारा चाँदनी नगरपालिकाका किसान चिन्तित भएका छन् । फौजी किराको प्रकोप देखिएपछि भर्खरै उम्रेका बोटहरु सखाप भएका छन् । दोधारा चाँदनी नगरपालिका दशै वटा वडामा किसानले लगाएको मकैमा उक्त प्रकोप देखिएको दोधारा चाँदनी नगरपालिका कार्यालय कृषि शाखाले जनाएको छ् । किराले मकैबाली नोक्सान गर्न थालेपछि किसानहरु हैरान भएका छन् । २ वर्ष अघि देखि मकैबालीमा फौजी किराको प्रकोप देखिएको थियो ।

किराले भर्खरै हुर्कन लागेको मकैका बोटहरु नष्ट गरेको छ् । खेतमा लगाएको मकैमा फौजी किराको प्रकोपले मकैबाली नष्ट हुन थालेपछि यहााका किसान समस्यामा परेका छन् । मकैबालीमा अमेरिकी फौजी किराको प्रकोप देखिएपछि किसानहरु समस्यामा परेको स्थानियबासीहरुले बताएका छन् । मकैबालीमा फौजी किराको प्रकोप देखा परेकोले यो वर्ष मकै उत्पादनमा हस आउने देखिएको छ् ।

नगर क्षेत्रका विभिन्न ठाँउका किसानले मकैबालीमा फौजी किराको प्रकोप देखिएको भन्ने गुनासो आएको दोधारा चाँदनी नगरपालिका कार्यालय कृषि शाखाका शाखा प्रमुख कमलपती भट्टले जानकारी दिएका छन् ।

उनले भने, ‘फौजी किरा रातिको समयमा बढी सक्रिय हुने गर्छ, फौजी किराको प्रकोप देखिएमा विषादीको प्रयोग गर्नुपर्छ ।’


ताजा समाचार

spot_img