दोधारा । सहकारीबाट ऋण लिएर बारम्बार तकेता गर्दा समेत ऋण नर्तिने ब्यक्तीहरुलाई कार्वाही गरिने भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयद्धारा सुचनाका अनुसार ऋण लिएका ब्यक्तीहरुले सहकारी संस्थाहरुमा सम्पर्क गरि ऋण भुक्तानी गरिदिन अनुरोध गर्दै ऋण नतिरी अटेरी गर्ने ऋणीहरुलाई नियमाअनुसार कार्वाही गरिने भनिएको छ् । ‘दोधारा चाँदनीी नगरपालिका क्षेत्र भित्र संचालित बिभिन्न सहकारी संस्थाबाट बिभिन्न मितिमा ऋण लिएका ब्यक्तीहरुले ऋण नतिरेको साथै ऋण लिएका ब्यक्तीहरुलाई पटक पटक सहकारी संस्थाले ताकेता गर्दा पनि सम्पर्कमा नआएको भनि यस कार्यालयमा गुनासो आएको हुदा ऋण लिएका ब्यक्तीहरुले सहकारी संस्थाहरुमा सम्पर्क गरि ऋण भुक्तानी गरिदिन अनुरोध गर्दै ऋण नतिरी अटेरी गर्ने ऋणीहरुलाई नियमाअनुसार कार्वाही भईजाने ब्यवहोरा जानकारीको लागी अनुरोध छ्’


दोधारा चाँदनी नगरपालिका कार्यालयले जारी गरेको सुचनामा भनिएको छ् । हिजो दोधारा चाँदनी नगरपालिकामा रहेका सात वटा सहकारी संस्थाले ऋण नर्तिने ब्यक्तीहरुलाई नगरपालिकाबाट कानुनी कार्वाही गरिने गरि सुचना प्रकाशित गरिदिन भन्दै नगरपालिका कार्यालयलाई ज्ञापन पत्र बुझाएका थिए ।


ज्ञापन पत्र बुझाउनेमा सृजना सहकारी संस्था, आस्था बहुउद्धेश्यीय सहकारी संस्था, उन्नतशिल साना किसान कृषी सहकारी संस्था, चाादनी कृषी सहकारी संस्था, पुर्णागिरी महिला बचत सहकारी संस्था, जिवन ज्योती कृषी सहकारी संस्था, सृष्टि महिला बचत सहकारी संस्था रहेका थिए ।







