वेदकोट नगरपालिकाले बजार तथा मेडिकल अनुगमनलाई तिव्रता


कञ्चनपुर : कञ्चनपुरको वेदकोट नगरपालिकाले बजार तथा मेडिकल अनुगमनलाई तिव्रता दिएको छ । कञ्चनपुरमा अहिले पछिल्लो समय लागुऔषध दुव्र्यशनी प्रयोगकर्ता र बेचबिखनका घटनामा वृद्धि भएको पाईएको छ । उपभोक्ता हित संरक्षण समितिका प्रमुख एवम नगर उपप्रमुख तुलसी जोशीको निर्देशनमा बजारमा रहेका औषधी पसल, मेडिकलहरुमा अनुगमन गरिएको पालिकाका शाखा प्रमुख पदम ठकुराठीले जानकारी दिएका छन् । विगतको अनुगमनमा पनि ऐन नियम विपरित पसल संचालन गरेको बेच्न नपाईने औषधी बिक्री गरको पाईएको भएर नै त्यही समस्यालाई मध्ये नजर गर्दै स्थानियहरुले दिएको सल्लाह सुझावका आधारमा बजारमा रहेका औषधी पसल मेडिकलहरुमा अनुगमन गरिएको उनले बताए । वेदकोट नगरपालिकाको लालपुर र सुडा बजार क्षेत्रमा रहेका औषधि पसलहरु र केही खाद्य पसलमा अनुगमन टोली खटिएर नै अनुगमन गरिएको थियो ।

४ वटा औषधी पसलमा अनुगमन गर्दा डाक्टरको सल्लाह बिना बेच्न नपाईने औषधी बिक्रि गरेको, म्याद गुज्रेका औषधहिरु फेला परेको, सरसफाईमा ध्यान नदिएको फेला परेको उनले बताए । लालपुरमा रहेको सप्द सोदर मेडिकेयरमा म्याद गुज्रिएका औषधी बिक्रि गर्ने गरेको, कागजातहरु नविकरण नगरेको फेला परेको, केयर प्वाईन्ट फार्मेशीमा डाक्टरको सल्लाह अनुरुप बेच्न मिल्ने औषधी अथवा डाक्टरको स्विकृत विना बेच्न नमिल्ने औषधी पनि फेला परेको र नशालु पदार्थ जस्तै औषधी पनि फेला परेको उनले बताए । यस्तै, मालिकार्जुन फार्मेशीमा मापदण्ड विपरित संचालन गरेको, सरसफाई नभएको, म्याद गुज्रेको औषधी फेला परेको र नरेश मेडिकल हलमा सबै मापदण्ड मिलेको शाखा प्रमुख ठकुराठीले बताए । पहिलो पटक उक्त मेडिकलहरुलाई अबउपरान्त यस्ता कैफियत भेटिएमा कारवाही गर्ने चेतावनीका साथमा सम्झाई बुझाई गरिएको उनले बताए ।

साथै, विगतमा अनुगमन गरिएका पसलले आफनो गुणस्तरमा सुधार ल्याएको उनले बताए । पहिला अनुगमन भएका पसलहरुमा पनि देखिएका कैफियतलाई सच्चाएर सुधार गरेर संचालन गरेको पाईएको शाखा प्रमुख पदम ठकुराठीले बताए । यता, उपभोक्ता हित संरक्षण समितिका प्रमुख एवम नगर उपप्रमुख तुलसी जोशीले उपभोक्ताहरुको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने खालका औषधी खाद्यन्नहरु बेचबिखन नगर्न आग्रह गरिन् । आफनो मापदण्डमा रहेर उपभोक्ताहरुको स्वास्थ्यलाई धयानमा राखेर आफनो व्यापार व्यावसाय संचालन गर्नुपर्ने बताईन् । मानव स्वास्थ्यसंग जोडिएका सम्वेदनशिल विषयमा हेलचेक्राई नगर्न र कागजातहरुपनि नविकरण गर्न आग्रह गरिन् ।


Loading Viewer...

ताजा समाचार

spot_img