पुनर्वासमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी संग एक दिन विद्यार्थी कार्यक्रमको शुभारम्भ


पुनर्वास : पुनर्वासमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी संग एक दिन विद्यार्थी कार्यक्रम सम्पन्न भएको छ । पुनर्वास नगरपालिका वडा नं ६ स्थित युगज्योती एकेडेमीमा अध्ययनरत कक्षा ८, ९ ,१० र १२ का विधार्थीले ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीको अवलोकन तथा भ्रमण गरेका छन ।

कार्यक्रममा प्रहरी निरीक्षक नरेश राज मल्लले बिद्यार्थिहरुसंग भेटघाट गरी विधार्थीहरुको मनोभावना एवम् प्रहरी प्रतिको सोचाई, घरेलु एवम् सामाजिक अपराध न्युनिकरणमा बिद्यार्थीहरुको भुमिकावारे जानकारी गराउनू भएको थियो । केहि घटना घट्रनू पूर्व र घटि सकेपछि १०० नम्वरमा डायल गर्ने, साईबर अपराध, ट्राफिक नियम एवम् बाटोमा हिड्दा अपनाउनु पर्ने तरिकाहरुका वारेमा समेत अन्तर्क्रिया गर्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रममा प्रहरी निरीक्षक मल्लले विद्यार्थी भाईवहिनिहरु भविष्यका कर्णघार रहेको र समाज परिवर्तनमा असल नागरीक भई उदाहरणीय ब्यक्ति हुनु पर्नेमा समेत जोड दिनुभयो । यसरी प्रहरी कार्यालयमा विद्यार्थी भाईबैनिहरुलाई ल्याई अन्तर्क्रिया गर्दा समाजमा कुनै पनि घटना भएमा तुरुन्तै प्रहरी कार्यालयमा खबर गर्न सक्ने हुनेमा आफु विश्वस्त रहेको बताउनु भएको छ ।

अवलोकन भ्रमणको क्रममा विधार्थीहरुलाई ईलाका प्रहरी कार्यालय प्रहरी भित्र रहेका अपराध अनुसन्धान, प्रहरी कार्य तथा विशेष शाखा, हिरासत कक्ष तथा महिला, कैदी बन्दीका लागि लाईब्रेरी,सिसि क्यामेरा निगरानी कक्षा,वालवालिका तथा ज्येष्ठ नागरीक सेवा केन्द्रको अवलोकन गरेका थिए । अवलोकनका क्रममा बिधार्थिहरुले प्रहरीसंग सम्वन्धित जिज्ञासाहरु राखेका थिए । विधार्थीहरुको अपराध अनुसन्धान संग सम्वन्धित जिज्ञासाहरु प्रति प्रश्नोत्तर कार्यक्रमको सहजीकरण उक्त शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक बसन्त भुलले गर्नुभएको थियो।
अवलोकन भ्रमणको सहजिकरण प्रहरी नायब निरीक्षक सुरेश बोहरा, प्रहरी नायब निरीक्षक राम प्रसाद अवस्थी, प्रहरी सहायक निरीक्षक गजेन्द्र ऐर, प्रहरी सहायक निरीक्षक गोविन्द बोहरा र प्रहरी सहायक निरीक्षक बसन्त भुलले गर्नुभएको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img