कञ्चनपुर: कञ्चनपुरकी महिला अधिकारकर्मी शारदा चन्दलाई सम्मान गरिएको छ । ईन्टरनेशनल पब्लिक स्कुलले अधिकारकर्मी चन्दलाई सम्मान गरेको हो । बुधबार एक कार्यक्तमका विच ईन्टरनेशनल पब्लिक स्कुलले अधिकारकर्मी चन्दलाई समाज सेवा गरेको भन्दै प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको छ ।

विद्यालयको बार्षिकोत्सवकै असरमा चन्दलाई सम्मान गरिएपनि प्रमाण पत्र र दोसल्ला हस्तान्तरण गरिएको थिएन । महिला तथा बृद्ध सेवा केन्द्र कञ्चनपुरकी अध्यक्ष अधिकारकर्मी चन्द महिला तथा बालबालिकाको अधिकारका क्षेत्रमा कार्यरत छिन । विद्यालयका प्रिन्सिपल राजेन्द्र प्रशाद भट्ट, संचालक गौराज बहादुर लिम्बु सहितले प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।







