एमाले बेलडाँडी, भीमदत्तको इन्चार्जमा सुनार र जोशी


कञ्चनपुर : नेकपा एमाले कञ्चनपुरले दुई पालिका ईन्चार्ज परिर्वतन गरेको छ । एमाले जिल्ला कमिटि बैठकले बेलडाँडी र भीमदत्त इन्चार्जमा नयाँ नेतालाई जिम्मेबारी दिएको हो । हालै एमाले कञ्चनपुरको बैठकले बेलडाँडी गाँउपालिका पाटी इन्चार्जमा दिल बहादुर सुनार र भीमदत्त नगरपालिका पाटी इन्चार्जमा प्रमानन्द जोशीलाई जिम्मेबारी दिएको छ ।

एमाले कञ्चनपुरका एक नेताले दुई पालिका सहित केही सचिवालय सदस्य, जिल्ला एव फाँट जिम्मेबारी दिएको बताए । एमाले नयाँ जिल्ला सदस्यमा रामचन्द्र रेग्मी, दिल ब. सुनार, हिरा विष्ट, दुर्गा जोशी, जनक साउद, धर्मसिह कुँवर, निर्मल राना, प्रशान्त भट्ट, उत्तम विष्ट, नवराज खडका, रोहित भट्टराई, उत्तरा जाग्री, चक्र्र खठायत, पृथ्वी डगौँरा, भज्जन राना, लक्ष्मीदत्त भट्ट, उमेश पाण्डेय, नन्द सुनार सहित रहेका छन ।

उनका अनुसार जिल्ला कमिटि बैठकको निर्णय पाटी मातहतमा सकुलर हुन बाँकी छ । युवा नेता प्रशान्त भट्टलाई खेलकुद, विपद् विभाग प्रमुख र ओम बस्नेतलाई युवा फाँट इन्चार्जको जिम्मेबारी दिएको छ । उनीहरु सहित अन्य नेताहरुलाई समेत जिम्मेबारी दिएको छ । एमाले कञ्चनपुरको जिम्मेबारी हेरफेरमा केही नेता कार्यकर्ता असन्तुष्ट भएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img