कञ्चनपुर : कञ्चनपुरको एक सामुदायिक विद्यालयले जिल्ला स्तरिय विज्ञान तथा गणित प्रर्दशनी गर्ने भएको छ । भीमदत्त नगरपालिका ६ ऐठपुरमा रहेको शान्ति निकेतन माध्यामिक विद्यालयले जिल्ला स्तरिय विज्ञान तथा गणित प्रर्दशनी गर्ने भएको हो ।

शिक्षा विकास निर्देशनालय दिपायलको आर्थिक सहयोग र समन्वयमा असार अन्तिम साता जिल्ला स्तरिय विज्ञान तथा गणित प्रर्दशनी गर्ने भएको विद्यालयले जनाएको छ । शान्ति निकेतन माध्यामिक विद्यालयलका प्रद्यानाध्यापक पुष्पराज ओझाले विद्यार्थीलाई गणित र विज्ञानप्रति रुची जगराउने उदेश्यका साथ कार्यक्तम गर्न लागेको बताए ।

२७ असार (बुधबार)का दिन विज्ञान तथा गणित प्रर्दशनी विद्यालयमै हुनेछ । उक्त प्रतियोगितामा सहभागिताका लागि विद्यालयले आब्हान गरेको छ । प्रअ ओझाका अनुसार प्रर्दशनीको तयारी भईरहेको छ । प्रतियोगिताका विजेता विद्यालय टिमलाई नगद सहितको पुरस्कार रहेको छ ।







