धनसिह धामी / कञ्चनपुर: कञ्चनपुरको बेदकोट नगरपालिकामा लागु औषध नियन्त्रणका लागि वडास्तरमै सचेतनामुलक अभियान संचालन गरिएको छ । बेदकोट नगरपालिका १० वटै वडाहरुमा सचेतनामुलक अभियान संचालन गरिएको हो । नमुना महिला अधिकार मञ्चले बेदकोट नगरपालिकाको आर्थिक सहयोगमा लागु औषध नियन्त्रणका लागि वडास्तरमै सचेतनामुलक अभियान संचालन गरेको हो । नमुना महिला अधिकार मञ्चका अध्यक्ष सीमा जैसीले पछिल्ला दिनमा भयाभह रुपमा देखा परेको लागु औषध दुव्र्यसनी नियन्त्रणा लागि नगरका १० वटै वडाका बस्तीगाँउ घरमा अभियान संचालन गरिएको बताईन । अध्यक्ष जैसीले नगरका सबै वडाहरुमा लागु औषध दुव्र्यशनी नियन्त्रणका लागि सरोकारवाला पक्षसंग अभिमुखिकरण गराईएको बताईन । उनले अभिमुखिकरणका साथै आगामी दिनमा पुर्ण नियन्त्रणका लागि सबै वडाहरुमा दवाव समुह गठन गरिएको र पालिका स्तरमा समेत गठन गरेर लागु औषध बिरुद्धमा थप अभियान संचालन गरिने बताईन । ‘बढ्दै गएको लागु औषध दुव्र्यशनीबाट किशोर, युवा पुस्तालाई मुक्त गराउनुपर्छ, ‘अध्यक्ष जैसीले भनिन, ‘यो एकल प्रयासबाट हुँदैन, सबैको प्रयास आवश्यक छ ।’

वडाहरुमा लागु औषध नियन्त्रण अभियान सकेर सोमबार पालिका स्तरिय लागु औषध ओसारपसार नियन्त्रण सम्बन्धी अभियान बारे समिक्षा कार्यक्रम गरिएको छ । उक्त समिक्षा अभियानमा सहभागिहरुले पालिका र नमुना महिला अधिकार मञ्चले लागु औषध नियन्त्रणका लागि गरेको अभियान सरानिय भएको र थप प्रभावकारी बनाउँदै निरन्तरतामा जोडदिए । लागु औषध नियन्त्रण दवाव समुह १ का अध्यक्ष लोकेन्द्र रोकायाले लागु औषध नियन्त्रण गर्न थुप्रै चुनौती रहेको बताए । उनले सबैभन्दा बढि गम्भिर प्रहरी हुनुपर्नेमा जोडदिदै नियन्त्रणका लागि सबै सरोकारवाला पक्ष अग्रसर हुनुपर्नेमा बताए । घटाल माध्यामिक विद्यालयका अध्यक्ष गणेश नेपालीले लागु औषध नियन्त्रणका लागि अभिभावक अग्रसर हुनुपर्नेमा जोडदिए । उनले पालिकाबाट युवालाई लागु औषधबाट मुक्त गराउनका लागि आवश्यक रहेको बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सिताराम विष्टले कार्यपत्र प्रस्तुत गर्दै प्रहरीबाट लागु औषध नियन्त्रणका लागि प्रहरीले सकृयतापुर्वक काम गरिहेको बताए । कार्यक्तमका प्रमुख अतिथि समेत रहेका बेदकोट नगरका प्रमुख भोजराज बोहराले लागु औषध नियन्त्रणका लागि पालिकाबाट सबै प्रयास जारी रहने बताए ।

मेयर बोहराले पालिकाले समेतनामुलक कार्यक्तमदेखि युवाहरुलाई स्वरोजगारका कार्यक्रम संचालन गरिने बताए । मेयर बोहराले दुव्र्यशनीमा लागेका युवाहरुलाई पुर्नस्थापना गर्दै नयाँ पुस्तालाई लागु औषधमुक्त गराउनुपर्नेमा जोडदिए । कार्यक्रमको सभापति समेत रहेकी बेदकोट उपप्रमुख तुलसी जोशीले किशोर, युवा पुस्तालाई लागु औषधको दुव्र्यशनीबाट मुक्त गराउनका लागि पालिकाबाट स्थानीय संघ संस्थासंगको सहकार्यमा अभियान नै संचालन गरिएको बताईन । ‘समाज रुपान्तण आवश्यक छ, ‘उनले भने, ‘यस्तै भयाभह अवस्था ब्रेक गर्नुपर्छ ।’ उपमेयर जोशीले सामुदायिक प्रहरीसंगको साझेदारीमा कार्यक्रम संचालन गरिएको बताईन । बेदकोट महिला तथा बालबालिका शाखा प्रमुख राधिका पन्तले अभियानबाट बेदकोट नगरमा लागु औषध नियन्त्रणका लागि नागरिक अग्रसर, सचेत रहेको बताईन । महिला विकास शाखा नासु सुनिता भट्टले संचालन गरेको कार्यक्रममा बेदकोट नगरका प्रमुख भोजराज बोहरा, उपप्रमुख तुलसी जोशी सहितका जनप्रतिनिधी, प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्ट, नागरिक समाज सहितका अगुवाको सहभागिता रहेको थियो ।







