कञ्चनपुर:कञ्चनपुरमा अगुवा युवा नेता दिपेन्द्र सिह ऐरी क्रान्तिकारी कम्युनिष्ट पाटी प्रदेश सदस्यमा चयन भएका छन । मोहन बैद्य(किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी सुप प्रदेशको हालै बसेको बैठकबाट ऐरीलाई प्रदेश सदस्यमा चयन गरेको हो ।

प्रदेश सदस्यमा चयन भएका युवा नेता ऐरले पार्टीले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन । तत्तकालिन बहुमत कञ्चनपुरका युवा नेता ऐरी भ्रष्टाचार, बेथिति, अनियमितता सहित राष्ट्रियता बिरुद्धका गतिबिधी न्यूनिकरणका लागि सशक्त रुपमा उत्रिदै आएका छन । युवाको हक अधिकारका लागि समेत उनले नियमित निरन्तर आवाज उठाउँदैआएका छन ।







