वेदकोटमा युवा दुर्व्यसन न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न


प्रकाश भट्ट, कञ्चनपुर – वेदकोटमा युवा दुर्व्यसन न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। वेदकोट नगरपालिका वडा नम्बर ९ सुन्दरपुरको सहयोगमा तथा चौतारी समाज विकास संस्था कञ्चनपुरको आयोजनामा आइतबार सुन्दरपुर स्थित श्री चन्द्रदेवल बोर्डिङ स्कुलका कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूलाई तथा श्री उदयदेव मावि का कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई युवा दुर्व्यसन न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम प्रशिक्षण गरिएको चौतारी समाज विकास संस्था कञ्चनपुरका अध्यक्ष पदम सिंह कुँवरले बताउनुभयो।

उक्त एक दिने कार्यक्रम वेदकोट नगरपालिका वडा नम्बर ९ का अध्यक्ष जनक बहादुर विष्टको प्रमुख आतिथ्यमा तथा चौतारी समाज विकास संस्था कञ्चनपुरका अध्यक्ष पदम सिंह कुँवरको अध्यक्षतामा सम्पन्न भएको हो। वेदकोट नगरपालिका कार्यपालिका सदस्य पार्वती देवी विष्ट विशिष्ट अतिथि रहेको उक्त प्रशिक्षण कार्यक्रममा विभिन्न दलका जन प्रतिनिधि, पत्रकार, शिक्षक लगायतको भव्य उपस्थिति रहेको थियो। चौतारी समाज विकास संस्था कञ्चनपुरले विगत लामो समयदेखि समाजमा सचेतनामूलक कार्यक्रमहरू, सरसफाई कार्यक्रम तथा वडा विकास निर्माणका कार्यहरुमा सहयोग गर्दै आइरहेको छ।


Loading Viewer...

ताजा समाचार

spot_img