गुरुकुल ईन्टरनेशलल स्कुलद्वारा विद्यार्थीलाई शैक्षिक अभिमुखिकरण


कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगको गुरुकुल ईन्टरनेशनल स्कुलले विद्यार्थीलाई अभिमुखिकरण गराएको छ । भीमदत्त नगरपालिका २ भाँसी महेन्द्रनगरमा रहेको गुरुकुल ईन्टरनेशनल स्कुलले एसईई दिएका विद्यार्थीलाई शैक्षिक अभिमुखिकरण गराएको हो । गुरुकुल ईन्टरनेशनल स्कुल साविक प्लस टु मावि तहकै होटल म्यानेजमेन्ट पढाई संचालन गर्ने भएपछि विद्यार्थीलाई प्राविधिक शिक्षाबारे जानकारी गराएका छ । गुरुकुल ईन्टरनेशनल स्कुलका कोडिनेटर प्रमोद श्रेष्ठ र संचालक बाबुराम रावतले अभिमुखिकरण गराएका थिए । फारवेष्ट एजुकेशन फाउण्डेशनद्वारा संचालित गुरुकुल ईन्टरनेशनल स्कुलले जिल्लामै पहिलो पटक माध्यामिक तहको कक्षा संचालन गर्न लागेको छ ।

आफ्नै सुविधासम्पन्न आधुनिक भवन, प्रर्याप्त खेलकुद मैदान सहित चालु शैक्षिक सत्र ०८०देखि विद्यालयले भर्ना शुरु गर्ने भएको छ । अन्र्तराष्ट्रिय बजारमा मागका आधारमा सीपयुक्त जनशक्ति उत्पादन गर्ने उदेश्यले विद्यालयले चालु शैक्षिक सत्रमा होटल म्यानेजमेन्ट, जनरल म्यानेजमेन्ट र जनरल ल विषय पठन पाठन गराउने भएको छ । एकेडेमिक लेबल अनुरुप पठन पठानदेखि विद्यालयकै आफ्नै ल्याब, रेष्टुरेन्ट, हुने भएकाले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानका साथै अभ्यासका लागि विद्यालयमै कक्षा संचालनहुनेछन । विद्यालयका कार्यकारी निर्देशक घिमिरेले अन्र्तराष्ट्रिय मापदण्ड अनुरुप पठन पाठन गरिने भएपछि यस क्षेत्रका सो विषय अध्ययन गर्न चाहने विद्यार्थीले अन्यन्त्र जानुपर्ने अवस्था बाध्यता हट्ने बताएका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img