समाज कल्याण अंचल बाल अनाथालयको ११ ओै साधारण सभा सम्पन्न

अध्यक्षमा दयाकृष्ण जोशी


कञ्चनपुर : समाज कल्याण अंचल बाल अनाथालयको ११ औं साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभामा संस्थाका संस्थापक स्व. मदन चन्द लाई मरणो उपरान्त कदर पत्रले सम्मान गरिएको थियो । उक्त सम्मान वहाँ कि धर्मपत्नी तथा सुपत्रहरुले ग्रहण गरेका थिए । आज भएको साधारण सभामा संस्थाका आजिवन सदस्यहरूलाई आजिवन सदस्यता वितरण गरिएको थियो तथा दानदाताहरूलाई प्रशंसापत्र वितरण गरिएको थियो भने समाल कल्याण अंचल बाल अनाथालयका लागि अक्षयकोष स्थापना गरिएको र उक्त अक्षयकोषका दानदाताहरूलाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको छ । वक्ताहरुले अनाथालयको सहयोगमा कटिबद्ध रहने बाचा गरेका छन् । अनाथालयमा एउटा वोरवेल तथा अक्षयकोषमा रु ५५ हजार सहयोग गर्ने प्रमुख अतिथि प्रकाश ब रावलले घोषण गरेका छन् ।

समाज कल्याण अंचल बाल अनाथालयका अध्यष पुर्ण बहादुर चन्दको अध्यक्षताम भएको कार्यक्रममा प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश सरकारका निवर्तमान आर्थिक मामिला मन्त्री तथा बर्तमान माननीय प्रकाश रावल विशिष्ट अतिथी सुदूरपश्चिम प्रदेश माननीय मुध भारति र कञ्चनपुर जिल्ला समन्वय समितका प्रमुख दुर्गा दत्त बोहरा रहनु भएको थियो ।
आज भएको बन्द सत्र बाट नयाँ कार्य समिति चयन गरिएको छ । जसमा अध्यक्ष दयाकृष्ण जोशी, उपाध्यक्ष हिरा चन्द, सचिव लवराज भट्ट, कोषाध्यक्ष विजया लक्ष्मी अवस्थी त्यस्तै सदस्यहरू गंगा प्रशाद खरेल, भगवती थापा, लक्ष्मी देवी बोहरा, भुवन कुवँर केसी, प्रेमराज अर्याल, दिनेश मल्ल र राकेश ब चन्द सल्लाहकारमा पुर्ण ब चन्द (पुरन), नारद पाण्डे, लिलाध्वज वस्नेत, चित्राङ थापा, डा . भोजराज पन्त, ई. धनसिह बडाल, लवदेव पाण्डे, कमला सापकोटा र सुशीला चन्द रहेका छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img