बासुदेव स्मृती फुटसल प्रतियोगिता शुरु


कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा बासुदेव स्मृति फुटसल प्रतियोगिता शुरु भएको छ । महेन्द्रनगरका युवा व्यवसायी बासुदेव बोहराको स्मृतिमा बिहीबारदेखि भीमदत्त नगरपालिका १५ गोबरैयामा बासुदेव स्मृति फुटसल प्रतियोगिता शुरु भएको हो । ज्ञान भण्डार स्र्पोटर्स सेन्टरको आयोजनामा बासुदेव स्मृति फुटसल प्रतियोगिता अन्तर विद्यालय स्तरिय फुटसल प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

स्व.बासुदेव बोहराका छोराहरु गौरब र सौरबले बाबुको स्मृतिमा फुटसल प्रतियोगिता आयोजना गरिएको बताएका छन । प्रतियोगितामा २६ विद्यालयका टीम सहभागि भएका छन । विजेतालाई ५१ हजार १११ र उपविजेतालाई २५ हजार ५५५ रुपैया प्रमाण पत्र सहित पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको एक कार्यक्रमका विच पुर्वमन्त्री समेत रहेका काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रतियोगिताबाट खेलकुद विकास हुने अपेक्षा राखेका छन । राकेश चन्दले संचालक गरेको कार्यक्रममा खेलकुद, शिक्षा सहित विवित क्षेत्रका व्यक्तित्वको सहभागिता रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img