जनचेतनामुलक कार्यक्तम सहित कञ्चनपुरमा लागु औषध दुरुपयोग तथा ओसारपोसार बिरुद्ध अन्र्तराष्ट्रिय दिवस मनाईयो


कञ्चनपुर : कञ्चनपुरमा लागु औषध दुरुपयोग तथा ओसारपोसार बिरुद्ध अन्र्तराष्ट्रिय दिवस मनार्ईएको छ । सोमबार कञ्चनपुर महेन्द्रनगर सहित जिल्लाका विभिन्न स्थानमा जनचेतनामुलक कार्यक्रम सहित लागु औषध दुरुपयोग तथा ओसारपोसार बिरुद्ध अन्र्तराष्ट्रिय दिवस मनार्ईएको हो ।
हरेक जुन २६ मा मनाईने लागु औषध दुरुपयोग तथा ओसारपोसार बिरुद्ध अन्र्तराष्ट्रिय दिवस कञ्चनपुर महेन्द्रनगर सहितका स्थानमा विविध कार्यक्रम मनाईएको छ ।

सरकारीदेखि गैर सरकारी निकायले विवित जनचेतनामुलक कार्यक्रम गरेर दिवस मनाईएको हो । प्रशासन, प्रहरी, सशस्त्र प्रहरी,गैसस महासंघ सहितका विभिन्न संघ संस्थाहरुले एकसाथ १० स्थानबाट विवित जनचेतनामुलक कार्यक्रम गरेर दिवस मनाईएको छ । कञ्चनपुर प्रहरी प्रमुख कमल थापा, अधिकारकर्मी भगवती थापा, धुव्रमान निषेधका अभियन्ता मदन चन्द, गैससका अध्यक्ष लक्षर््मी बोहरा, सहितका विभिन्न निकायका प्रमुख एव प्रतिनिधीले लागु औषध नियन्त्रणमा विषयमा सचेतना गराएका थिए ।

अधिवक्ता समेत रहेका महिला अगुवा कौसल्या ओझा(किरण)ले लागु औषध नियन्त्रणका लागि कानुन कार्यान्वयनेदेखि समाजिक सचेतना आवश्यक रहेको बताईन । कार्यक्रममा सुरक्षाकर्मी,अधिकारकर्मी, अधिवक्ता, विद्यार्थी सहित समाजिक अगुवाको सहभागिता रहेको थियो ।


ताजा समाचार

spot_img