कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका तत्तकालिन मेयर, प्रवक्ता सहितका कर्मचारी एव ठेकेदार बिरुद्धमा फेरी विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङगालले भीमदत्त नगरका तत्तकालिन मेयर सुरेन्द्र विष्ट, तत्तकालिन १७ वडाध्यक्ष एव प्रवक्ता हिमाल चन्द, तत्तकालिन प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रशाद भट्ट सहितका जनप्रतिनिधी, कर्मचारी, ठेकेदार बिरुद्धमा फेरी विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक बर्ष ०७७/०७८ मा नगरपालिकाले महाकाली नदीको प्राकृतिक स्रोत(नदिजन्य पदार्थ) भवानी कन्स्ट्रक्सनलाई नियम विपरित छुट दिएको आरोपमा गरेको उजुरीका आधारमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा भीमदत्त नगरका तत्तकालिन मेयर विष्ट, प्रवक्ता चन्द, प्रमुख प्रशासकीय अधिकृत भट्ट सहित , निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशी, ईन्जिनियर हिमालय सिह ऐर, लेखा अधिकृत गोबिन्द राज उपाध्याय, प्रशासकीय अधिकृत हरिसिह धामी, शाखा अधिकृत नर बहादुर शाह, भवानी कन्स्ट्रक्सन पांलिका संचालक केवशराज भट्ट, पुष्पराज भट्ट, कम्पनीमा आधिकारिक प्रतिनिधी दिवाकर भट्ट, मृतक ईश्वरी प्रशाद भट्टकी श्रीमती एव नजिककी हकदार खगेश्वरी भट्टको नाममा विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।
नेपाल सरकारबाट राजपत्रमा सुचना प्रकासित भईरहेको अवस्थामा समेत उठाउनुपर्ने नियमानुसार राजस्व नउठाई सरकार र प्रदेश सरकारको स्वीकृत बिना कार्यकदलको सिफारिसका आधारमा राजस्व रकम घटाई कम अकमा सम्झौता र नियम विपरित राजस्व रकममा छुट तथा मुअकर चुहावट समेत गरी ३ करोड ३३ लाख, २२ हजार ३५८रुपैया बराबरको राजस्व चुहावट गरेको हुँदा भ्रष्टाचार निवारण ऐन ०५९ अनुरुप कसुरमा बिगो कायम गरी जरिवाना र सजायको माग दावि गरेको छ । यस अघि गत चैत्रमा रोयल्टी संकलनमा निर्माण कम्पनीबाट बैंक ग्यारेन्टी नलिएको भन्दै तत्तकालिन प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रशाद भट्ट, लेखा अधिकृत गोबिन्द राज उपाध्याय सहित ९ जना बिरुद्धमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
ईन्जिनियर हिमालय सिह ऐर, लेखा अधिकृत गोबिन्दराज उपाध्याय, प्रशासकीय अधिकृत सुवास अधिकारी, नासु विष्णु देव भट्ट, लेखापाल दिपेन्द्र चौधरी सहित भवानी कन्स्ट्रक्शन प्रालिका संचालक ईश्वरी प्रसाद भट्ट, केशव राज भट्ट भवानी कन्स्ट्रक्सनका आधिकारिक प्रतिनिधि दिवाकर भट्ट ईश्वरी प्रसाद भट्टको नजिकको हकदार खगेश्वरी भट्ट बिरुद्धमा मुद्दा दायर गरेको थियो । महाकाली नदीजन्य पदार्थको रोयल्टी प्रकरणले केही कर्मचारी, ठेकेदार, मृतकलाई दोब्बर, जनप्रतिनिधीदेखि मृतककी श्रीमतीका नाममा भ्रष्टाचार मुद्दा दायर गरेपछि नगरबासी आश्र्चकित भएका छन । एकै प्रकृतिको मुद्दा फेरीफेरी राजनीतिक नेतृत्वदेखि कर्मचारी, निर्माण व्यवसायीलाई दोहो¥याएर लगाएर अख्तियारले के गर्न खोजेको भन्दै नगरबासी हैरान भएका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जारी गरेको प्रेस विज्ञप्तीमा प्रतिबादी बिरुद्धमा भ्रष्टाचार निवारण ऐन ०५९ अनुरुप राजस्व अशुलीदेखि कार्बाहीको मागदावि गरिएको छ ।







