महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिकाको १३ औँ नगरसभामा आर्थिक वर्ष २०८०/०८१ को निति कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ । नगर प्रमुख तथा नगरसभा अध्यक्ष पदम बोगटीले आगामी आर्थीक वर्षको निति कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने कार्यपालिकाको निर्णय अनुसार नगर उपप्रमुख तथा नगर सभा उपाध्यक्ष नीलम लेखक जोशीको अनुमतीमा नगरसभा सदस्य,भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवम् नगर प्रवक्ता महेन्द्र खड्काले बजेट प्रस्तुत गर्नुभएको हो । वडाध्यक्ष खड्काले आर्थिक वर्ष २०८०/०८१ का लागी १ अर्व ८१ करोड ३५ लाख ८१ हजार बराबरको बजेट प्रस्तुत गर्नु भएको छ ।

नगरपालिकाले प्रस्तुत गरेको बजेटको स्रोत अन्तर्गत आन्तरिक स्रोतबाट २६ करोड ५८ लाख, वित्तिय समानिकरण अनुदान संघिय सरकारबाट २३ करोड ७१ लाख, वित्तिय समानिकरण अनुदान प्रदेश सरकारबाट २ करोड २२ लाख ४३ हजार,संघिय सरकारबाट सशर्त अनुदान ५२ करोड ८५ लाख,संघिय सरकारबाट राजश्व बाडफाँडको १७ करोड १ लाख ९२ हजार र प्रदेश सरकारबाट राजश्व बाडफाँडको ८४ लाख २३ हजार प्राप्त हुने अनुमान गरिएको छ । यस्तै समपुरक अनुदान संघिय सरकारबाट १ करोड ६५ लाख, समपुरक अनुदान प्रदेश सरकारबाट १ करोड १४ लाख ७३ हजार, विशेष अनुदान संघिय सरकारबाट ५० लाख, विशेष अनुदान प्रदेश सरकारबाट ५० लाख, सडक बोर्ड नेपालबाट ८० लाख, सामाजिक सुरक्षा तर्फ ५० करोड, अन्य अन्तरसरकारी अख्तियारीबाट ३ करोड ५ लाख बजेटको स्रोतको रुपमा रहने नगर प्रवत्ता महेन्द्र खड्काले बताउनुभयो । उहाँकाअनुसार निति कार्यक्रम तथा बजेटसंगै नगरपालिकाले आर्थिक विधेयक २०८० र आर्थिक विनियोजन विधेयक २०८०, महाकाली बहुप्राविधिक शिक्षालय स्थापना र संञ्चालन ऐन २०७८(संशोधन विधेयक २०८०) समेत संशोधन प्रस्ताव सहित पेश गरिएको छ । आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम ‘समृद्ध भीमदत्त सुखी नगरवासीको साझा सोच, वातावरणमैत्री आर्थिक सामाजिक पूर्वाधार विकास हाम्रो अठोट’ भन्ने नारा सहित तय गरिएको छ । भीमदत्तको आर्थिक वर्ष २०८०/८१ को निति,कार्यक्रम तथा बजेटमा शिक्षा,स्वास्थ्य र कृषिलाई बढि प्राथमिकता दिइएको छ । “हाम्रो उपज हाम्रै प्रयोग” भन्ने नाराका साथ कृषि क्षेत्रमा नगरपालिकालाई आत्मनिर्भर बनाउन व्यवसायिक कृषि खेतीलाई बढोत्तरी गर्नका लागि कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न आवश्यक सहजिकरण गरिने, कृषि उत्पादनलाई अभिवृद्धि गर्न “एक वडा एक उत्पादन” को नीति अवलम्बन गरिने ।

कृषकहरुले उत्पादन गरेको कृषि उपजको भण्डारणका लागि शीतगृह, कृषि भण्डारण केन्द्र स्थापना तथा संचालन गर्न संघ सरकार तथा प्रदेश सरकारको समन्वयमा आवश्यक कार्य गर्न पहल गरिने, कृषि बालीमा किरा तथा रोगबाट हुने क्षति न्यूनिकरणका लागि कृषक लक्षित आकस्मिक बाली उपचार कार्यक्रम ल्याइने, कृषि व्यवसाय संचालन गरीरहेका कृषकहरुलाई एकिकृत कृषि तथा पशुपालन कार्यक्रम संचालन गर्न प्राविधिक तथा आवश्यक सहयोग गरिने प्रस्तुत निति कार्यक्रममा समावेश छ । “गौ(नन्दीको व्यवस्थापन, हाम्रो प्राथमिकता” रहेको परिवेशमा गौ–नन्दी (सामुदायिक पशु) को दिगो व्यवस्थापनका लागि अक्षय कोषको स्थापना गरी संचालनमा ल्याईने, गौ–नन्दीको उचित व्यवस्थापनका लागि संघ सरकार, प्रदेश सरकार, निजी, सहकारी तथा अन्य संघ(संस्थाहरुसँगको समन्वय तथा सहकार्यमा गरिएका कार्यलाई निरन्तरता दिई आधारभूत संरचना र व्यवस्थापकीय कार्यलाई उच्च प्राथमिकता दिई अगाडि वढाइनेछ, गौ(नन्दीको उचित व्यवस्थापन गर्नका लागि प्रत्येक वडामा व्यवसायिक रुपमा महिला लक्षित आयआर्जन र उद्यमशीलता अभिवृद्धि हुने गरी गौ(नन्दी पालन व्यवसाय संचालन गर्न प्रोत्साहन गरिनेछ । पशुपालन व्यवसायमा आत्मनिर्भर बनाउदै दुध तथा दुग्धजन्य पदार्थ, अण्डा र मासु आत्मनिर्भरता केन्द्रित कार्यक्रमहरू संचालनमा जोड दिइनेछ । “विद्यार्थीसँग मेयर कार्यक्रम” विद्यालयहरुमा संचालन गरी स्वस्थ्य वातावरण र शैक्षिक गुणस्तर अभिवृद्धि गरिने, “जेहेन्दार विद्यार्थी छात्रवृत्ती कार्यक्रम” अन्तरगत नगर क्षेत्रका विद्यालयहरुबाट अध्ययन गरेका विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको उच्च शिक्षामा पहुँच बढाउन छात्रवृत्तीको व्यवस्थालाई निरन्तरता दिइने ।

संस्थागत विद्यालयबाट प्रदान गरिने गरीव तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति कार्यक्रमलाई कडाईका साथ व्यवस्थित गरी लागू गरिने । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरमा सुधार गर्दै विद्यार्थीहरुलाई शिक्षाका साथ–साथै व्यावसायिक ज्ञान सीप प्रवर्द्धन गर्न पढ्दै कमाउँदै कार्यक्रमलाई थप बिस्तार गरिनेछ । “हाम्रो विद्यालय, उत्कृष्ट विद्यालय” अभियान अन्तर्गत सामुदायिक विद्यालयहरुमा स्थानीय पाठ्यक्रम, योग शिक्षा लगायतका व्यवहारिक एवं व्यवसायिक शिक्षा प्रणालीलाई जोड दिइनेछ । एक विद्यालय एक पुस्तकालय स्थापना गर्न प्रदेश सरकार, संघ सरकार र अन्य दातृ निकायसँग समन्वय र सहकार्य गरिने । सूचना प्रविधिको उच्चतम प्रयोग गर्न शिक्षक एवं कर्मचारीहरुलाई आवश्यक तालिमको व्यवस्था गरी “एक वडा एक प्रविधिमैत्री विद्यालय” बनाउने अवधारणा ल्याइने । विद्यालयमा खुवाइने दिवा खाजालाई पोषणयुक्त बनाउन आवश्यक अनुगमनको व्यवस्था गरिनेछ साथै जंक फुड वितरण प्रणालीलाई निरुत्साहित गरिन प्रस्तुत गरिएको निति कार्यक्रममा समावेश छ । प्रस्तुत निति कार्यक्रममा नगरवासीहरुको आधारभूत स्वास्थ्य सेवामा पँहुच सुनिश्चित गरिने । ७५ वर्ष उमेर पुरा भएका ज्येष्ठ नागरिकहरुलाई आधारभूत स्वास्थ्य सेवा घरदैलो कार्यक्रमलाई निरन्तरता दिइनेछ । स्वास्थ्य सेवामा सबैको पहुँचको अवधारणालाई साकार पार्न स्वास्थ्य सेवा प्रणालीको बिस्तार र सुदृढीकरण गर्दै समतामूलक स्वास्थ्य सेवा प्रवाहको सुनिश्चित गर्न समुदाय स्तरमा शिविर र विशेषज्ञ सेवाका लागि प्रदेश र संघीय सरकारसँग समन्वय गरिनेछ । प्रसुति सेवा केन्द्रबाट प्रवाह हुने सेवालाई थप व्यवस्थित गर्द






