आदिपुरुष फिल्मबाट जानकी भारतीय छोरी भएको सम्वाद हटाउन माग


कञ्चनपुर: आदिपुरुष फिल्मबाट जानकी भारतीय छोरी भएको सम्वाद हटाउन कञ्चनपुरका युवाले माग अघि सारेका छन । शुक्रबार विभिन्न दलका युवाहरुले आदिपुरुष फिल्मबाट जानकी भारतीय छोरी भएको सम्वाद हटाउन कञ्चनपुरका युवाले माग अघि सारेका हुन ।

कञ्चनपुरका युवा नेता समेत रहेका अगुवा दिपेन्द्र सिह ऐरीले प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएर दक्षिण भारतीय कलाकार मनोज मन्तसिर लेखक रहेको उक्त फिल्ममा नेपाली छोरी जानकी र नेपाल बारे दिएको अभिव्यक्ति राष्ट्रघात भएकाले प्रशासन मार्फत सरकारको ध्यानाकर्षण गराएको बताए । सरकारले कुटनीतिक पहल गरेर दुई देशविच समाजिक, धार्मिक, साँस्कृतिक खलल पुग्ने फिल्मदेखि अभिव्यक्ति दिने कार्य बन्द गर्न गराउन माग अघि सारिएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img