दोधारा चाँदनी– ४ का किसानलाई ६६ वटा बाख्रा वितरण


दोधारा । विपन्न वर्गका किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले दोधारा चाँदनी नगरपालिका– ४ वडा कार्यालयले वडाका किसानहरुलाई ६६ वटा बाख्रा वितरण गरेको छ । दोधारा चाँदनी नगरपालिका– ४ वडा भित्र दर्ता रहेको कृषी समुह मार्फत २२ जना किसानहरुलाई ६६ वटा बाख्रा बितरण गरिएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिएका छन् । बाख्राबाट किसानको जीवनस्तर माथि उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले बाख्रा पालन सजिलो पेशा भएको र राम्रो आयआर्जन गरी अरुका अघि उदाहरणीय बन्न किसानलाई आग्रह गरे ।

आफुले पाएको बाख्राको स्याहारसुसार गरी यसबाट वर्षेनी राम्रो आम्दानी गर्नुहुनेछ भन्ने आफु विश्वस्त रहेको वडाध्यक्ष सुनारले बताएका छन् । किसानहरुले विपन्न किसानलाई वडा कार्यालयले बाख्रा उपहार दिएकोमा खुशी व्यक्त गर्दै आफुहरुले पाएको बाख्रालाई राम्रो स्याहारसुसार गरि आम्दानीको श्रोत बनाउने बताएका छन् ।

वडाध्यक्ष भक्त बहादुर सुनार लगाएत जनप्रतिनिधीहरुले कृषकहरुको जिवनस्तर उकास्ने गरेको सहयोग प्रति कृषकहरुले प्रशंसा गरेका छन् ।

 


ताजा समाचार

spot_img