आज गर्ने भनेकाे याेग दिवसको सम्पुर्ण कार्यक्रम स्थगित


कञ्चनपुर : विश्व याेग दिवसकाे अवसरमा आज देश भरि विभिन्न याेग शिविरकाे आायेजना गरि मनाईदैं छ।

पतन्जली याेग समिति  कञ्चनपुरले पनि विभिन्न  कार्यक्रम गरि मनाउने भनेकाे याेग कार्यक्रम मंगलबार बझाङको केदारस्युँ गाउँपालिका–१ को धारछडा भन्ने स्थानमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला  तथा कानुन मन्त्री पृथ्वीबहादुर सिहकाे दुर्घटना  भई उपचारकाे  क्रममा  निधन भएकोले आज गर्ने भनेकाे याेग दिवसकाे सम्पुर्ण कार्यक्रम स्थगित गरेकाे पंतञ्जलि कञ्चनपुरका मिडिया प्रभारी प्रेम सिंह भाटले बताउनु भयाे  ।

पतंजली याेग समितिले आफना सम्पूर्ण ओपचारिक कार्यक्रम स्थगित गरेकाे छ । दुर्घटनामा मृत्यु भएकाहरूकाे आत्माकाे शान्ति काे लागि एक मिनेटकाे माैनधारणा गरि सामन्य याेग गरेकाे छ ।

मंगलबार भएको जिप दुर्घटनाले सम्पूर्ण सुदूरपश्चिमवासी शाेकमा डुबेकाे अवस्था छ। आजै सिहकाे पार्थिक शरिरलाई धनगढीमा अन्तिम श्रद्धाञ्जली दिई आजै बझाङमा अन्त्येष्टि गरिने कञ्चनपुर जिल्ला समन्वय प्रमुख दुर्गा दत बाेहराले बताउनु भयाे ।

 


Loading Viewer...

ताजा समाचार

spot_img