कञ्चनपुर : नेपाल सरकार गृह मन्त्रालयको परिपत्र अनुसार अषाढ ६ गते तदअनुसार (२०२३ जुन २१ )गतेका दिन कञ्चनपुर जिल्लामा विश्व योग दिवस भव्यताका साथ मनाउन प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालको संयोजकत्वमा १२ सदस्यीय समारोह समिति गठन गरिएको छ । जिल्ला समरोह समितिमा सहायक प्रजिअ धर्मराज जोशी, पतंञ्जलि योग समितिका केन्द्रिय सदस्य लबराज भट्ट, प्रहरी उपरिक्षक कमल थापा, सशस्त्र प्रहरी उपरिक्षक प्रेम बहादुर रावल, श्रीदलगुल्म भगतपुरका सेनानी पृथ बहादुर श्रेष्ठ, जिल्ला समन्वय समितिका अधिकारी, प्रमुख प्रशासकिय अधिकृत यम नारायण गौली, शिक्षा विकास तथा समन्वय प्रमुख, महाकाली आयुर्वेद औषधालयका डा. ओम प्रकाश कलौनी, , सुदूरपश्चिम विपासना योग ध्यान सेन्टरका अध्यक्ष नारद पाण्डेय सदस्यमा मनोनयन हुनु भएको छ ।

विश्वका २०६ देशमा मनाईन गईरहेको विश्व योग दिवसको प्रकरण “बसुधैव कुटुम्बकम सबैको घर आगनमा योग” भन्ने रहेको र योग र आध्यात्मका माध्यम बाट शारिरिक एवं मानिसिक स्वस्थ्यताका लागि अति आवश्यक र अपरिहार्य भएकोले हरेक घर घरमा योग पुर्याउन विश्व स्वास्थ्य संगठनले योग लाई विश्वव्यापी बनाएकोले नेपालमा पनि निरन्तर विश्व योग दिवस मनाईदै गरेको छ। पतंञ्जलि योग समिति नेपालका माध्यम बाट हप्ताभरी विश्व योग दिवस मनाईदै गईरहेको छ भने ब्रिस्टन कलेजले आज बाट तिन दिने योग क्याम्प संचालन गरेको र देशभरी योग र आध्यात्म जागरणका कार्यक्रमहरु संचालनमा आईरहेको कुरा पंतञ्जलि कञ्चनपुरका मिडिया प्रभारी प्रेम सिंह भाटले बताउनु भएको छ ।







