कञ्चनपुर : कञ्चनपुरका पालिकाहरूले आर्थिक वर्ष २०७८/७९ मा खाना, खाजा तथा विविध शीर्षकमा २ करोड रुपैयाँ भन्दा बढी खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कञ्चनपुरका ९ पालिकाहरूले १ वर्षको अवधिमा खाजा खाना लगायत विविध शीर्षकमा २ करोड ४६ लाख ६० हजार २ सय ३६ रुपैयाँ खर्च गरेको उल्लेख गरेको छ । उक्त प्रतिवेदनको खाना तथा विविध शिर्षकमा बेलौरी नगरपालिकाले सबैभन्दा बढी र बेलडाँडी गाउँपालिकाले सबैभन्दा कम खर्च गरेको छ। कुन पालिकाले कति खाए खाजा खाना ?

१. बेलौरी नगरपालिका बेलौरी नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा ४७ लाख ७६ हजार ८ सय १० रुपैयाँको खाना, खाजा तथा विविध शीर्षकमा खर्च गरेको छ ।

२. बेलडाँडी गाउँपालिका बेलडाँडी गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा १० लाख ३४ हजार रुपैयाँको खाना, खाजा तथा विविध शीर्षकमा खर्च गरेको छ।

३. शुक्लाफाँटा नगरपालिका शुक्लाफाँटा नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा ३२ लाख ३० हजार ९ सय ६४ रुपैयाँको खाना, खाजा तथा विविध शीर्षकमा खर्च गरेको छ।
४. पुनर्वास नगरपालिका पुनर्वास नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा१७ लाख ८४ हजार रुपैयाँको खाना, खाजा तथा विविध शीर्षकमा खर्च गरेको छ।
५. लालझाडी गाउँपालिका लालझाडी गाउँपालिकालेआर्थिक वर्ष २०७८/७९ मा१६ लाख ३४ हजार रुपैयाँमा खाना, खाजा तथा विविध शीर्षकमा खर्च गरेको छ ।
६. कृष्णपुर नगरपालिका कृष्णपुर नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा ४७ लाख ५६ हजार ३ सय २४ रुपैयाँमा खाना, खाजा तथा विविध शीर्षकमा खर्च गरेको छ ।
७. बेदकोट नगरपालिका बेदकोट नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा ३१ लख ४६ हजार २ सय ८५ रुपैयाँमा खाना,खाजा तथा विविध शीर्षकमा खर्च गरेको छ ।
८. भीमदत्त नगरपालिका भीमदत्त नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा २६ लाख २१ हजार ६५ रुपैयाँमा खाना, खाजा तथा विविध शीर्षकमा खर्च गरेको छ ।
९. दोधाराचाँदनी नगरपालिका दोधाराचाँदनी नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा १६ लाख ७६ हजार ८ सय १८ रुपैयाँमा खाना, खाजा तथा विविध शीर्षकमा खर्च गरेको छ । स्थानिय निकायले विकास निर्माणको काम गर्नु भन्दा पनि खाना,नास्ता तथा विविध शीर्षकमा फजुल खर्च गरेको हुँदा चौतर्फी आलोचना भएको छ ।






