कञ्चनपुर : कञ्चनपुरको बेलौरीमा सिकलसेल एनिमिया सम्बन्धी पैरवी कार्यक्रम गरिएको छ । बेलौरी नगरपालिका र स्वाथ्य कार्यालयले बिहीबार बेलौरीमा सिकलसेल एनिमिया सम्बन्धी पैरवी कार्यक्रम गरिएको हो । कार्यक्रममा सिकलसेल एनिमिया सम्बन्धी पैरवी कार्यक्रम गर्दै रोकथामका लागि जोडदिएका छन ।

बेलौरी नगरपालिका सिअहेब मान बहादुर चन्दले थारु बाहुल्य क्षेत्र बेलौरीमा सिकलसेल एनिमिया रोकथामका लागि उक्त कार्यक्रम प्रभावकारी भएको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बेलौरी नगरका प्रमुख पोतिलाल चौधरीले सिकलसेल एनिमिया रोकथामका लागि प्रयास गरिएको बताए । बेलौरी नगरपालिका सिअहेब मान बहादुर चन्दले संचालन गरेको कार्यक्रममा स्वास्थ्य कार्यालयका कार्यक्रम संयोजक सिद्धराज भट्ट सहित, स्वास्थ्यकर्मी एव थारु समुदायका अगुवाको सहभागिता रहेको थियो ।







