समाजवादीद्वारा भीमदत्त र प्रशासनमा ज्ञापन


कञ्चनपुर : नेकपा एकीकृत समाजवादीले भीमदत्त नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । भीमदत्त नगरपालिका सहित कञ्चनपुरमा बेथिति, दण्डहिनता मौलाएको भन्दै रोक्नुपर्ने माग अघि सारेर समाजवादीले दुवै निकायमा ज्ञापन पत्र बुझाएको हो ।

विभिन्न माग अघि सारेर बिहीबार नेकपा एकीकृत समाजवादी भीमदत्त नगर कमिटीले प्रशासन र नगरपालिकामा एकसाथ ज्ञापन पत्र बुझाएको छ । नेकपा एकीकृत समाजवादी भीमदत्त नगर कमिटीका अध्यक्ष मदन सेरालाले भीमदत्त नगरमा रोयल्टी संकलनमा अनियमितता रोक्न र प्रशासनमा जिल्लाभरी मौलाईरहेको बेथिति रोक्न लगायतका माग अघि सारेर ज्ञापन पत्र बुझाईएको बताए । नगरपालिका क्षेत्रमा निर्माण भईरहेका सडक, ढलमा ब्यापक अनियमितता भईरहेको, यस अघि महालेखाले औल्याएको करोडौँ बेरुजु रकम अशुल्नतर्फ ध्यानाकर्षण गराईएको छ । नगर विकास समितिमा भईरहेको अनियमिता रोक्न समेत माग अघि सारिएको छ ।

समाजवादीले सुशासनका क्षेत्रमा उठान गरेका विषयमा वेवास्ता गरेर आन्दोलन गर्ने चेतावनी दिएका छन । ज्ञापन पत्र बुझ्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्याल र भीमदत्त नगरका प्रमुख पदम बोगटीले समाजवादीले अघि सारेका एजेण्डामा गम्भिर भएर कार्बाही गर्ने जनाएका छन । ज्ञापन पत्र बुझाउने कार्यक्रममा पालिका, जिल्ला, प्रदेश र केन्द्रीय स्तरका नेता कार्यकर्ता सहभागि भएका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img