कञ्चनपुरको एक गोठमा आगलागी


महेन्द्रनगर : पछिल्लो समय कञ्चनपुरमा आगलागीका घटनामा वृद्धी भएको पाईएको छ । बुधवार पनि कञ्चनपुरमा एक कच्ची गोठमा आगलागी भएको छ । जिल्लाको बेदकोट नगरपालिका–४ बगुनका देवराज भट्टको गोठमा आगलागी भएको हो ।

भान्सा घरको चुलोबाट दुई तले काठ र खरले छाएको कच्ची गोठमा आगलागी हुदा गोठ पुर्ण रुपले जलेर नष्ट भएको छ । आगलागीबाट भैँसिको पिठ्यु जलेको र एक लाख ५० हजारको क्षती भएको प्रहरीले जनाएको छ । आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img