बेलडाँडी काँग्रेस सदस्य ठगुन्नाद्वारा पाटी परित्याग


कञ्चनपुर : नेपाली काँग्रेस बेलडाँडीका सदस्य नारासिह ठगुन्नाले पाटी परित्याग गरेका छन । काँग्रेस कोटाबाट बेलडाँडी खेलकुद समितिको अध्यक्ष समेत भएका ठगुन्नाले पाटी परित्याग गरेका हुन । सोमबार ठगुन्नाले एक प्रेस विज्ञप्ती जारी गर्दै लामो समयदेखि काँग्रेसमा रहेको र अहिलेकै मितिदेखि पाटी परित्याग गरेको घोषणा गरेका छन । ठगुन्नाले काँग्रेस परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पाटी प्रवेस गर्ने भएका छन ।

पुर्व सशस्त्र प्रहरी निरीक्षक समेत रहेका ठगुन्ना खेलकुदप्रेमी पनि हुन । उनले काँग्रेस परित्याग गरेसंगै छिमेकी समेत रहेका आफन्त लक्ष्मण सिह खत्री सहितका युवाले समेत पाटी परित्याग गरेका छन । बेलडाँडी लगायत क्षेत्र १ कञ्चनपुरमा काँग्रेस परित्याग गर्दै रास्वपामा प्रवेस गर्ने लहर बढिरहेको छ । काँग्रेस परित्याग गर्दै रास्वपा प्रवेस गर्नेहरुलाई रास्वपाले स्वागत गरिरहेको छ । भने, काँग्रेस स्थानीय नेता कार्यकर्ताहरुले ठुला नेताहरुलाई कार्यकर्ता पलायन हुँदा समेत चिन्ता नभएको बताएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img