गड्डाचौकी सीमा क्षेत्रबाट तीन जना लागु औषधका तस्कर पक्राउ


कञ्चनपुर : शसस्त्र प्रहरीले कञ्चनपुरको गड्डाचौकी सीमावर्ती क्षेत्रबाट लागु औषधका तस्कर नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर गण हेक्वा अन्र्तरगत गड्डाचौकी गुल्मबाट खटिएको सशस्त्र प्रहरीको टोलीले लागु औषधका तस्कर नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीले गयराती भीमदत्त नगरपालिका ११ गड्डाचौकी ७ नम्बर पिलर क्षेत्रबाट तीन जना युवा र उनीहरुको साथबाट लागु औषध बरामद गरेको जनाईएको छ । लागु औषध ओसारपसार गर्ने तस्करमाथि सशस्त्र प्रहरीले डण्डा बजाएको छ । समाजका युवा पिँढी ध्वङस पार्ने लागु औषध तस्करीको योजना बनाएका तस्करको योजना सशस्त्र प्रहरीले विफल पारिदिएको छ ।
सशस्त्र प्रहरीले लागु औषध सहित भीमदत्त नगरपालिका ५सुकासालका सौरब पहरी,सुरज सुनार र हरिस दमाईलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ०.५१ग्राम चरेश, ०.६०ग्राम खैरो हिरोईन सहित बरामद गरेको छ । लागु औषध सहित पक्राउ परेका तीनै जनालाई थप कार्बाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको सशस्त्र प्रहरी ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले बताए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रकास डाँगीले सशस्त्र प्रहरीले लागु औषध सहित पक्राउ परेका तीनै जनालाई प्रहरीलाई बुझाएको बताउदै थप अनुसन्धान भईरहेको बताए । कञ्चनपुरमा लागु औषध नियन्त्रणका लागि सशस्त्र प्रहरी र प्रहरीले निरन्तर मानिस पक्राउ गर्दै आएका छन । तर, मुख्य लागु औषधमा मतियार तस्कर भने अझै पक्राउ पर्न सकेका छैनन् । सेवनकर्ता, संलग्न व्यक्ति भरिया, अर्ध तस्कर समुह पक्राउ पर्दै आएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img